Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरुको सदस्यता खारेज गर्ने बताए । उनले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि स्पष्ट पारे । उनले सदस्य बनेकाहरुले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यहरुले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रहरुको बारेमा जानकारी दिन आग्रह गरे ।

उनले भने, ‘सदस्यताको विषयमा कुरा आइरहेको छ । त्यसलाई हामी हाम्रो कार्यकालमा स्पष्ट गर्नेछौँ । जसले चलचित्र खेलेको छैन, हाम्रो विधानको परिधिभित्र जो छैन, त्यो सदस्य छ भने हामी निर्वाचनको प्रक्रियालाई पर्खेर बस्दैनौँ, हामी त्यसलाई खारेज नै गर्छौं । सदस्य बन्नुभएकाहरुले सदस्य बन्दा धेरैको नागरिकता मात्रै छ, फिल्म खेलेको कुनै आधार छैन, अभिलेखीकरण गर्दैछौँ, अभिलेखीकरणका लागि आइदिनुहोस् ।’

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकार एक भएर नेपाली चलचित्रको विकास र सहकार्यमा हातेमालो गर्नुपर्ने बताए । त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारहरुले ७० लाखसम्म पारिश्रमीक बढाएको भन्दै कलाकारसंघले न्युनतम पारिश्रमीक तोक्नुपर्ने माग गरे । उनले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौती दिए ।

उनले भने, ‘आफ्ना मागहरु राख्नु कुनै गलत छैन तर अहिलेको परिस्थितिलाई हेरेर मात्रै आफ्नो पारिश्रमीक तोक्नुपर्छ । सात, आठवटा फिल्मले मात्रै लगानी उठाउन सकेका छन् तर अन्य चलचित्र डुबेका छन्, पारिश्रमिक बढाउने कुरा जुन आइरहेको छ, अहिले निर्माताहरुलाई फिल्म बनाउन नै धौधौ भइरहेको बेला स्टारहरुले ५० लाखदेखि ७० लाखसम्म लिने कुराले निर्माताहरुको लगानी सुरक्षित छैन, त्यसैले कलाकार संघले स्टारहरुको न्युनतम पारिश्रमिक तोक्ने काम गरोस्, स्टारडमपप्रति विश्वस्त भए निर्मातासँग पार्टनरसिपको रुपमा जानुस् ।’

त्यस्तै नेपाली चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले कलाकार संघले नागरिकता अनुसार ७० वर्ष नाघेका चलचित्र कलाकारहरुलाई निःशुल्क आजीवन सदस्य बनाउने निर्णय संघले गरेको बताए । महासचिव श्रेष्ठले कलाकारका हीत र चलचित्र उद्योगको प्रवद्र्धनका लागि कलाकार संघ सदैव तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved