Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

वर्ष २०७९ : ४६ फिल्म रिलिज हुँदा १० मात्र हिट, व्यापारमा वृद्धि

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । २०७९ सालमा रिलिज हुने फिल्मको संख्यामा दोब्बरले गिरावट आएको छ । तर सोही अनुपातमा फिल्मको कमाइ भने वृद्धि भएको देखिन्छ । वैशाख १ गतेदेखि चैत २४ गतेसम्म कुल ४६ फिल्म प्रदर्शनमा आएका छन् । कोरोना महामारीअघि यो संख्या वार्षिक सयभन्दा माथि थियो ।

४६ फिल्म रिलिज भएपनि हिट हुने फिल्मको संख्या हातको औंलामा गन्न सकिने मात्र छ । व्यावसायिक पक्षबाट हेर्दा यो वर्षले नेपाली फिल्ममा कीर्तिमान रच्यो । व्यापारमा केही मानक सिर्जना भएका छन् । तर १०० मा ५ फिल्मले मात्र आफूलाई बक्स अफिसमा स्थापित गर्न सके ।

 

वैशाख १ गते ‘ए मेरो हजुर ४’ रिलिज भएसँगै सुरु भएको वर्ष २०७९ चैत २४ गते ‘बहाव’ रिलिजसँगै टुंगिएको छ । यसबीच रिलिज भएका केही ब्रान्ड र ठूला ब्यानरका फिल्मले मात्र आफूलाई बक्स अफिसमा स्थापित तुल्याउन सके । यस वर्ष घरेलु फिल्ममा सिक्वेलको दबदबा रह्यो र बक्स अफिसमा सिक्वेलमा आधारित फिल्मले नै प्रभाव जमाउन सके ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’को चौथो श्रृंखलाले साढे २३ करोड रुपैयाँ ग्रस कमाइ गरेको हिसाब निर्माताले सार्वजनिक गरेका छन् । यो कमाइ कुनै नेपाली फिल्मले अहिलेसम्म कमाएको सर्वाधिक ग्रस हो । देशमा मात्र होइन, विदेशमा समेत कबड्डीले विस्फोटक ओपनिङ गर्दै अन्तर्राष्ट्रिय बजार विस्तारमा भूमिका खेल्यो । कबड्डी ४ ले विदेशबाट समेत १० करोड बराबरको कमाइ गरेको हिसाब छ ।

 

‘छक्कापञ्जा ४’ छैटौं सातामा चलिरहेको छ । डेढ महिना पुग्नै लाग्दा पनि छक्कापञ्जाको चौथो श्रृंखलाले बक्स अफिसमा प्रभाव जमाइरहेको छ । यससँगै विदेशमा समेत यो फिल्म हाउसफुल चलिरहेको छ भने कैयौं अन्तर्राष्ट्रिय बजारमा समेत यसले राम्रो कमाइ गरिरहेको छ । अमेरिका, मध्यपूर्व, युरोप र एसियाली मुलुकमा फिल्मले निरन्तर शोमा आक्रामक कमाइ गरिरहेको छ । छक्कापञ्जाको व्यावसायिक दौड तत्काल थामिने छाँटकाँट छैन ।

 

हरिवंश आचार्य स्टारर ‘महापुरुष’ यस वर्षको अर्को हिट फिल्म हो । एकल पुरुषको कथावस्तुमा बनेको यो फिल्मले स्वदेशमा ११ करोड ग्रस कमाइ गर्‍यो । अन्तर्राष्ट्रिय बजारमा समेत यो फिल्म राम्रै चलेको वितरकले जनाएका छन् । यो फिल्मको सफलतापछि निर्माताहरु ‘महाजात्रा’ निर्माणको तयारीमा जुटेका छन् ।

प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’ यस वर्षको अर्को हिट फिल्म हो । फिल्मले नेपाली संस्करणले देशव्यापी आक्रामक ओपनिङ गर्‍यो । भारतीय वितरकले हिन्दी संस्करणलाई भारतसहितका ठूला अन्तर्राष्ट्रिय बजारमा यसलाई रिलिज गरे । संसारका ठूला मल्टिप्लेक्स र चेनमा रिलिज हुने एक मात्र फिल्म प्रेमगीत ३ नै हो ।

दयाहाङ राई र सौगात मल्ल स्टारर ‘२ नम्बरी’ यस वर्षको अर्को हिट फिल्म हो । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ अर्को सुपरहिट फिल्म बन्यो । ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ यस वर्ष रुचाइएकोमध्ये र हिट फिल्ममध्येको एक हो । ग्रामीण कथावस्तुमा बनेको यो फिल्मलाई दर्शकले रुचाए । दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ अर्को चलेको फिल्म हो । अनमोल केसी र सुहाना थापा स्टारर ‘ए मेरो हजुर ४’ यस वर्ष चलेको अर्को फिल्म हो । चलेको ब्राण्ड र कलाकार भएकाले पनि यसले दर्शकलाई हलसम्म तान्न सक्यो ।

केही फिल्महरु जसले उद्योगलाई स्तब्ध तुल्याए, जसमा अनमोल केसीको ‘छड्के २’ छ । तीन करोड लगानी गरिएको भनिएको यो ग्याङस्टर फिल्मको कमाइ देशव्यापी ३० लाख ग्रस पनि छैन । ऐना झ्यालको पुतली, चिसो मान्छे, दोख, पानीफोटो, प्रकाश, सेक्रेट्स अफ राधालाई समीक्षक र दर्शकले रुचाए । ‘ऐना झ्यालको पुतली’ले त लगानी समेत उठाउन सक्यो ।

कोभिड महामारीको कारण कम फिल्म बन्दा गत वर्ष रिलिज हुने फिल्मको संख्यामा कमी आएपछि वर्ष २०८० मा यो संख्यामा वृद्धि हुने देखिन्छ । वर्ष २०७९ ले व्यावसायिक र समीक्षात्मक रुपमा आशालाग्दो समयको संकेत गर्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved