Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘प्रसाद २’ रोकिंदा अन्तर्राष्ट्रिय बुकिङ प्रभावित

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । सबै कुरा ठीकठाक भएको भए फिल्म ‘प्रसाद २’ शुक्रबारदेखि नेपालसहित डायस्पोरा बजारमा रिलिज हुने थियो । तर आर्थिक लेनदेनसम्बन्धी विवादमा अदालतले प्रदर्शन रोक्न आदेश दिएपछि फिल्म रिलिज हुन सकेन । फिल्म प्रदर्शन रोकिंदा झन् ठूलो आर्थिक क्षति भएको निर्देशक सुदर्शन थापाले जनाएका छन् ।

फिल्म प्रदर्शन हुन नसक्दा नेपाल र विदेशका वितरकलाई आर्थिक क्षति पुगेको भन्दै निर्देशक थापाले कलाकार, प्राविधिक र सर्जकमा सिर्जनात्मक क्षति पुगेको उल्लेख गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले उक्त क्षतिप्रति दुःख व्यक्त गरेका छन् । समस्या समाधान भई छिट्टै प्रदर्शन मिति घोषणा हुने आशा समेत उनले राखेका छन् ।

 

अमेरिका वितरक तथा सुरेशदर्पण पोखरेलले पनि फिल्म रिलिज रोकिंदा गम्भीर धक्का लागेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘चलचित्र प्रसादलाई अमेरिकाभरि प्रदर्शनको अधिकार लिएका हामीहरु पनि अदालतको यस निर्णयबाट प्रभावित बनेका छौं । धेरैवटा स्टेटमा हल बुकिङ भइसकेको तथा चलचित्र प्रदर्शनको चाँजोपाँजो मिलाइसकिएको अवस्थामा यस प्रकारको निर्णयले गम्भीर धक्का पुगेको छ, तथापि अदालतको निर्णयलाई स्वीकार्दै हामी सम्पूर्ण स्थानीय आयोजक साथीहरु लगायत हल सञ्चालकसँग हालका लागि चलचित्रको प्रदर्शन स्थगित गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

अष्ट्रेलियासहितका अन्य मुलुकमा समेत फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको थियो । यो मुद्दामा उच्च अदालत अदालतले आइतबार निवेदक केशव पाण्डे र चलचित्र विकास बोर्डसहितका नौ जना विपक्षीलाई छलफलमा बोलाएको छ । अदालतले बिहीबार गत मंगलबारको आदेशविरुद्धको रिटलाई खारेज गर्ने अर्को निर्णय गरेको थियो । यो मुद्दा अदालतको प्रक्रियामा प्रवेश गरेपछि फिल्मको रिलिज भविष्य अन्योलमा परेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १ दिन अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १ दिन अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १ दिन अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved