Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गायक कृष्ण गैरे सर्बाेउत्कृष्ट पर्व गायक काे अवार्ड द्वारा सम्मानीत ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाण्डाैं ।

बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंद्वारा आयोजना गरिएकाे दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रममा नवलपुरका कृण्ण गैह्रेले सर्वाेत्कृष्ट पर्व गायक जुरी अन्तर्गतकाे अवार्ड हात पारेका छन् । दशैं अायाे भन्ने गीतबाट उनलाई साे अवार्ड प्रदान गरिएकाे हाे । नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डपकाे सभाहलमा भएकाे कार्यक्रममा ३१ विधा सहित ५१ जनालाई अवार्ड प्रदान गरिएकाे हाे ।

संस्थाका अध्यक्ष हुम गैह्रेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल सरकारका पूर्व कृषि मन्त्री तथा माननिय सांसद छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । अवार्डको फाईनल कार्यक्रममा बिशाल मुभिज दशक लोक गायक सम्मान २०७९ बाट लोकप्रिय लोक गायक खुमन अधिकारी, बिशाल मुभिज दशक लोक गायिका सम्मान २०७९ बाट लोक गायिका कालिका रोका मगर, बिशाल मुभिज लोक पत्रकारिता सम्मान २०७९ बाट पत्रकार राज कुमार रायमाझी र पत्रकार कल्पना रेग्मी, बिशाल मुभिज लोक बाध्यवादन सम्मान २०७९ बाट बाँसुरी बादक रत्न बहादुर बिश्वकर्मा साथै बिशाल मुभिज आई.टि सम्मान २०७९ बाट श्री राजेन्द्र अर्याल सम्मानित भएका थिए ।

साथै कार्यक्रममा बिशाल मुभिजको आगामी कार्यक्रम बिशाल लुम्विनी लोक आईडल २०८० को घोषणा समेत भएकोे जानकारी कार्यक्रमका संयोजक धिरज खत्रीले बताए ।

 

अवार्ड कार्यक्रमको सात सदस्सीय जुरी निर्णायकको ५० प्रतिशत, अनलाईन भोटिङको ४० प्रतिशत र आयोजक समितिको १० प्रतिशतकाे अाधारमा ५१ जना कलाकार बर्षको सर्बोत्कृष्ट अवार्डद्वारा सम्मानित भएकाे जानकारी अवार्ड कार्यक्रमका अध्यक्ष हुम गैरेले जानकारी दिए ।

बिधागत अवार्डका साथै जुरी अवार्ड,पब्लिक च्वाईस अवार्ड, पपुलर अवार्ड र ईन्करेजमेन्ट अवार्ड लागायतका बिधाबाट पनि केही कलाकारहरु सम्मानित भएको आयोजक समितिका जुरी निर्णायक बरिष्ठ गायक ईन्द्र जि.सी.ले जानकारी गराए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिश्वकर्माले कलाकारहरुको संगीत रोयल्टी ब्यबस्थापन गर्न राज्यका तर्फबाट आफुले पुर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे थियाे । अवार्ड बितरण कार्यक्रमको संचालन चर्चित कमेडियन राजा राजेन्द्र पोखरेलले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • २ दिन अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • २ दिन अगाडि
ramchandra-paudel

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक...

  • २ दिन अगाडि
pahad-and-ramnam-satyals-fe-f-1775626040-1024x576

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved