Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अमेरिकी राष्ट्रपति बाइडेन र जर्मन चान्सलर स्कोल्जबीच युक्रेनबारे छलफल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

बर्लिन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि आफ्नो समर्थनमा आगामी बाटो तय गर्ने विषयमा छलफल गर्न शुक्रबार वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई स्वागत गरेका छन् ।

Tata
NMB
सन् २०२२ फेब्रुअरीपछि भएको स्कोल्जको पहिलो वासिङ्टन भ्रमणले नेताहरूलाई रूसविरुद्ध युक्रेनलाई समर्थन गर्ने आफ्नो सङ्कल्प व्यक्त गर्ने अवसर मिलेको छ ।

Laxmi bank
यो वार्ताले मुद्रास्फीति न्यूनीकरण ऐनअन्तर्गत वासिङ्टनको हरित अनुदानबारे जर्मनीको डर र बर्लिनको बेइजिङसँगको निरन्तर बलियो आर्थिक सम्बन्धप्रति अमेरिकी चेतावनीलगायत यी दुईलाई विभाजित गर्ने जटिल विषयहरूमा केन्द्रित हुने सम्भावना छ ।

स्कोल्जका प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटले भने, “युक्रेनमा आगामी महिनाहरू कस्तो देखिन्छन् ? मेरो विचारमा दुई नेता युक्रेनको भविष्यका बारेमा बढी चिन्तित छन् । युक्रेनका लागि मित्रराष्ट्रहरूले आयोजना गर्न सक्ने सहयोगका लागि यसको अर्थ के हो ?”

“दुई नेताले निश्चित रूपमा अन्य केही विषयहरूमा छलफल गर्नेछन्,” उनले भने ।

बैठकको पूर्वसन्ध्यामा संसदलाई सम्बोधन गर्दै स्कोल्जले युक्रेनका दुई ठूला समर्थकबीचको साझेदारी ‘पहिलेभन्दा नजिक र बढी विश्वासिलो’ रहेको बताएका थिए ।

युक्रेनमा युद्ध दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा स्कोल्जले भने, “हामी युक्रेनको भविष्यको सुरक्षा ग्यारेन्टीको बारेमा कीभ र अन्य साझेदारहरूसँग कुरा गरिरहेका छौं ।”

यसैबीच रूसले शुक्रबार पश्चिमा देशहरुलाई युक्रेनलाई थप हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “यो स्पष्ट छ कि थप हतियार उपलब्ध गराउँदा यसले द्वन्द्वलाई लम्ब्याउनेछ र युक्रेनी जनताका लागि दुःखद परिणाम ल्याउनेछ ।” (रासस/एएफपी)

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ७ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ७ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved