Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘छक्कापञ्जा ४’ आक्रामक, ‘छड्के २’ र ‘क्रिड ३’लाई ओपनिङमा सकस

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गर्ने देखिएको छ । शुक्रबार मध्यान्हपछि फिल्मको अकुपेन्सीले गति लिएको छ । मुलुकका प्रमुख मल्टिप्लेक्स चेनदेखि सिंगल स्क्रिनमा समेत अपरान्ह, बेलुका र रात्रि शोहरु शतप्रतिशत खचाखच हुने देखिएको छ ।

शुक्रबार बिहानीको शो ५० देखि ७० प्रतिशत देखिएपनि फिल्मले १ बजेपछि आक्रामक पिकअपको संकेत दिएको हो । क्यूएफएक्स र आईएनआईका काठमाडौं र उपत्यकाबाहिर हलमा शतप्रतिशत अकुपेन्सी हुने देखिएको छ । काठमाडौंस्थित वान सिनेमाज्, बिग मुभिजलगायतका हल खचाखच देखिएका छन् ।

 

मुलुकको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका निर्देशक सुरेन्द्र थापाले अनलाइनखबरसँग भने, ‘मध्यान्हपछि फिल्मले गति लियो । अबका केही दिनसम्म फिल्मले आक्रामक कमाइ गर्ने प्रक्षेपण हाम्रो छ । बिहानी अकुपेन्सीमा केही कमी भएपनि मध्यान्हपछिको अकुपेन्सीले हामीलाई खुसी दिएको छ ।’

क्यूएफएक्सले कुल ६३ शो दिएको थियो, जसमध्ये बेलुकासम्म सबै हाउसफुल हुने पक्का छ । मुलुकभर क्यूएफएक्सका ११ हल छन् र तीमध्ये अधिकांशमा फिल्मको ओपनिङ उत्कृष्ट हुने देखिएको छ । काठमाडौं, पोखरा, चितवनलगायतका प्रमुख फिल्म बजारमा समेत फिल्मको अकुपेन्सी राम्रो देखिएको छ ।

 

शनिबारसहित सोमबार पहाडी भेग र मंगलबार तराई क्षेत्रमा फागु पूर्णिमाको बिदा भएकाले फिल्मको कमाइमा उछाल आउन सक्छ । बुधबार नारी दिवसको बिदा भएकाले पनि फिल्मको कमाइमा योगदान पुग्ने देखिन्छ । फिल्मले शुक्रबार एक करोड हाराहारीमा ओपनिङ गर्न सक्ने प्रक्षेपण छ । छड्के २, क्रिड ३ र बाँकी फिल्महरु चलिरहेको सन्दर्भमा समेत ‘छक्कापञ्जा ४’को यो शुक्रबारे कमाइ आफैंमा आकर्षक हो ।

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, राज आचार्यलगायत दर्शकलाई भेट्न हलहलमा पुगिरहेका छन् । फिल्म हेरेका दर्शकसँग प्रतिक्रिया पुग्नेदेखि मिट एण्ड ग्रीटमा उनीहरु व्यस्त देखिएका छन् । फागु पूर्णिमापछि मोफसलका हल दौडाहामा गएर दर्शक भेट्ने उनीहरुको तयारी छ ।

‘छड्के २’ र ‘क्रिड ३’लाई ओपनिङमा सकस

अपरान्हसम्मको अकुपेन्सी ट्रेण्ड हेर्दा अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २’लाई ओपनिङमा सकस देखिएको छ । क्यूएफएक्सले फिल्मलाई ४० शो उपलब्ध गराएपनि अकुपेन्सी १० प्रतिशत हाराहारीमा देखिन्छ जुन अपेक्षा गरिएअनुसार होइन । माइकल जोर्डन स्टारर हलिउड फिल्म ‘क्रिड ३’को ओपनिङ पनि निकै कमजोर छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved