Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अक्षय कुमारलाई लिएर मुम्बईमा सुरु भयो ‘हेराफेरी ३’को छायांकन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । बलिउड फिल्म ‘हेराफेरी ३’को कलाकार हेरफेरलाई लिएर सन् २०२२ मा निकै चर्चा चल्यो । स्क्रिप्टमा चित्त नबुझेको भन्दै अक्षय कुमारले आफू तेस्र्रो श्रृंखलामा नजोडिने बताएपछि त सामाजिक सञ्जालमा तरंग नै ल्यायो । अक्षयलाई सिक्वेलमा फिर्ता ल्याउनुपर्ने नत्र बहिष्कार गर्ने भनेर फ्यानले अभियान नै चलाए ।

अक्षयले आफू फिल्ममा नहुने बताएको दुई सातापछि निर्माता फिरोज नाडियावालाले दर्शकको दबाबपछि अक्षयलाई फिर्ता ल्याउन छलफल चलाए । जब समाचार भाइरल बन्यो सोसल मिडियामा केहीले यसलाई फेक न्युज भएको दाबी गरे र केहीले लेखकको मजाक पनि गरे । एक साताअघि पनि हेराफेरी ३ को भविष्य तय गर्न अक्षय कुमार, सुनिल शेट्टी र परेश रावलले मुम्बईको एम्पायर स्टुडियोमा भेटेको खबर पनि बाहिरिएको थियो ।

 

‘हेराफेरी ३’ मा उनीहरुको यो पहिलो आधिकारिक बैठक थियो । अब भने यो फिल्मलाई लिएर विशेष अपडेट छ । स्रोतका अनुसार अक्षय कुमार, सुनिल शेट्टी र परेश रावललाई शीर्ष भूमिकामा लिएर मंगलबारदेखि मुम्बईमा छायांकन सुरु भएको छ ।

चाखलाग्दो कुरा के छ भने पहिलो हेराफेरी पनि सन् १९९९ मा मुम्बईको एम्पायर स्टुडियोमा छायांकन भएको थियो । ठीक २४ वर्षपछि यो फिल्मको अर्को शृंखला त्यही ठाउँमा छायांकन हुँदैछ । हेराफेरी ३ मा धेरै कलाकारको सहभागिता हुनेछ । भारतको सबैभन्दा ठूलो कमिक फ्रेन्चाइज समेत बताइएको यो फिल्मबारे आगामी दिनमा थप विवरण सार्वजनिक गर्ने तयारी छ । निर्देशकको नाम अझै खुलाइएको छैन ।

राजुको रूपमा अक्षय कुमार, श्यामको रूपमा सुनिल शेट्टी र बाबुरावको रूपमा परेश रावल भारतीय फिल्मका सबैभन्दा प्रतिष्ठित पात्र हुन् । विगत १७ वर्षदेखि हेराफेरी हिन्दी फिल्मका दर्शकमाझ कमेडी फिल्मको मानक बनेको छ । नेपाली दर्शकमाझ पनि हेराफेरी ३ को क्रेज उत्तिकै लोभलाग्दो छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १४ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १४ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १४ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved