Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चीनले दक्षिण चीन सागरमा डुङ्गामाथि लेजर हमला गर्‍यो : फिलिपिन्स

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

फिलिपिन्सले चीनमा दक्षिण चीन सागरमा आफ्नो डुङ्गामाथि सैन्य स्तरको लेजर लाइटले हमला गरेको आरोप लगाएको छ ।

फिलिपिन्सले आफ्नो डुङ्गा विवादित साउथ चाइना सागरमा सामान आपूर्ति गर्न जाँदै गर्दा चीनले त्यसलाई अलमल पार्न लेजर बत्ती प्रहार गरेको बताएको छ ।

लेजर लाइटका कारण फिलिपिन्सका तट रक्षकको यो डुङ्गाका कर्मचारी अस्थायी रूपमा अन्धो भएका थिए । यसै कारण डुङ्गा फर्कनु पर्‍यो ।

उक्त डुङ्गा दक्षिण चीन सागरमा सेकेन्ड थोमस शलमा डुबेको फिलिपिन्सको नौसैनिक पोतमा आपूर्ति गर्न गइरहेको थियो । फिलिपिन्स यो पोतको उपस्थितिमार्फत यो स्थानमा आफ्नो दाबी गर्दै आएको छ ।

चीनले यसअघि दक्षिण चीन सागरको धेरैजसो हिस्सामा दाबीका लागि पानीको फोहोरा र साइरनको प्रयोग गर्ने गर्छ ।

घटना ६ जनवरीको हो तर यसबारे जानकारी सोमबार मात्रै सार्वजनिक गरिएको छ । फिलिपिन्सले जारी गरेको विज्ञप्तिमा यो समुद्रमा फिलिपिन्सको सार्वभौम अधिकारको खुला उल्लङ्घन भएको उल्लेख गरिएको छ ।

फिलिपिन्सले आरोप लगाउँदै भनेको छ, ‘चीनको जहाजले लेजर लाइटको प्रयोग बाहेक फिलिपिन्सको जहाजको दाहिने तर्फ नजिक आउने कोसिस पनि गर्‍यो । यो १३७ मिटर मात्रै टाढा थियो ।’

चीनले फिलिपिन्सको यो आरोपमाथि अहिले नै कुनै प्रतिक्रिया दिएको छैन ।

सन् २०१६ मा संयुक्त राष्ट्रको स्थायी मध्यस्थता न्यायालयले दक्षिण चीन सागरमा चीनको दाबीको कुनै ऐतिहासिक आधार नभएको बताएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ९ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ९ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved