Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ह्यारीकी प्यारी : स्वास्थ्य संकटलाई प्रश्न गर्ने रोमान्टिक फिल्म

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । दुर्गमका सुत्केरीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा अकालमै ज्यान गुमाउने समस्या अब नौलो रहेन । सुत्केरीलाई स्वास्थ्य संस्थामा पहुँच दिलाउने सरकारी नीति अझै दुर्गममा लागु हुन सकेको छैन ।

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘ह्यारीकी प्यारी’ले नेपालको यो स्वास्थ्य संकटलार्ई चित्रण गर्छ । गाउँमा स्वास्थ्य चौकी स्थापना गर्न संघर्ष गर्ने प्रमुख पात्रको कथावस्तु वरफर फिल्मले फन्को मार्छ । दन्त चिकित्सक रहेका डा. कपिल रिजालले नेपाली स्वास्थ्य संकटको एउटा पाटोमार्फत राज्यलाई कटाक्ष गरेका छन् ।

 

समग्रमा ‘ह्यारीकी प्यारी’को कथावस्तु सरल र सहज छ । गाउँमै स्वास्थ्योपचार नहुँदा सहरसम्मको अस्पतालमा लैजाँदै गर्दा बाटोमै सुत्केरीको मृत्यु भएपछि विचलित देखिएको फिल्मको मुख्य पात्र ह्यारी (जितु नेपाल)ले गाउँमै स्वास्थ्य चौकी निर्माण गर्ने संकल्प गर्छ । यसका लागि उसलाई पैसाको खाँचो छ । पैसा खोज्दै जाँदा उसको भेट आफूभन्दा भिन्न आर्थिक र सामाजिक पृष्ठभूमिकी युवती साम्राज्ञी शाहसँग हुन्छ । साम्राज्ञीको सपना विवाह नगरीकन सपना पूरा गर्नु हुन्छ । साम्राज्ञी र जितु दुवैको परिवारसँग द्वन्द्वात्मक सम्बन्ध छ । परिवारको दबाबको बाबजुद यी दुवैलाई सपना पनि पूरा गर्नुछ ।

सपना पूरा गर्ने हुटहुटी र परिवारसँगको द्वन्द्वात्मक सम्बन्धले यी दुई प्रमुख पात्र एकाकार हुनुपर्ने परिस्थिति आइलाग्छ । अब कसरी यी दुईले सम्बन्धलाई अघि बढाउलान् र सपना पूरा गर्लान् ? फिल्मको केन्द्रीय द्वन्द्व गाउँमा स्वास्थ्य चौकी निर्माण गर्ने प्रमुख पात्रको उद्देश्य भएपनि फिल्मले दुई वर्गबीचको असमान प्रेम सम्बन्ध र दर्शनलाई पनि चित्रण गरेको छ । समग्रमा ह्यारीकी प्यारी स्वास्थ्य संकट र सम्बन्धको कथावस्तुबाट निर्देशित छ । पारिवारिक पृष्ठभूमिबाट भएकाले पनि निर्देशकीय जोड हेल्थ ड्रामातर्फ सोझिएको देखिन्छ ।

तर फिल्म कथा मात्र होइन । कथालाई कसरी दृश्य भाषामा प्रस्तुत गरिन्छ भन्ने कुराले अर्थ राख्छ । केन्द्रीय द्वन्द्व कमजोर हुँदा फिल्मले अपेक्षित द्वन्द्वात्मक उचाइ पाउन सकेको छैन । जसको कारण सेकेण्ड एक्ट र थर्ड एक्टको संरचनामा फिल्म कमजोर बन्न पुगेको छ । कतिपय सहायक चरित्र स्थापना नहुँदा यसले पात्र निर्माण र द्वन्द्वलाई प्रभावित तुल्याएको छ । स्वास्थ्य संकटजस्तो गम्भीर इस्युलाई उठान गरेपनि रिलेसनसिपको कथावस्तुले फिल्मको केन्द्रीय द्वन्द्वलाई छायामा पारेको देखिन्छ । समग्रमा ह्यारीकी प्यारी दृश्यभाषाभन्दा एउटा आइडिया हो ।

 

चरित्र चित्रण दर्शकलाई आकर्षक लाग्न सक्छ । मूलधारको नेपाली फिल्ममा जसरी हिरो–हिरोइनको जोडी बाँधिन्छ, यो फिल्ममा त्यस्तो छैन । अलग शारीरिक कद र बनोट भएका दुई कलाकारहरु साम्राज्ञी र जितुबीचको जोडीलाई कास्ट गर्नु नेपाली फिल्मको जुन परम्परागत सौन्दर्यशास्त्र छ, त्यो भिन्न पृथक अवश्य छ । यो कास्टिङ निर्देशकीय कोणबाट एउटा हिम्मत पनि हो । सुरुमा दुई कलाकारको कास्टिङ अस्वाभाविक लागेपनि कथावस्तुको सघनताअनुसार यो स्वभाविक लाग्न सक्छ । जितु र साम्राज्ञी आ–आफ्नो चरित्रमा स्वभाविक छन् । विजय बरालको अभिनयले हामीलाई कबड्डीको ह्याङओभरबाट मुक्त गर्छ । माया र बदमासी दुवै गर्ने साख्खै काकाको रोलमा उनी फिट छन् ।

दर्शकले अन्नपूर्ण संरक्षण क्षेत्रतर्फ पर्ने पर्वतको भुका देउरालीमा खिचिएको आकर्षक र ताजा लोेकेसन हेर्न पाउँछन् । फिल्ममा लोकेसन भूगोल मात्र होइन, लोकेसन आफैंमा एउटा पात्र हो । कथावस्तुअनुसार छायांकनका लागि जुन भूगोल रोजिएको छ त्यसले कथालाई न्याय गरेको छ । फिल्म पर्यटनको हिसाबबाट भूगोलको यो आइडिया आकर्षक छ । छायांकार सुदीप बरालको फ्रेमिङ आकर्षक छ । जम्प–कट् सम्पादनले फिल्मलाई लम्बेतान हुन दिएको छैन । भूगोल र त्यसको चरित्रअनुसार कस्ट्युम डिजाइन स्वभाविक हुनसक्छ या सक्दैन भन्ने कुरा बहसको विषय हुन सक्छ ।

तपाईंलाई ग्रामीण कथावस्तुमा भनिएका कमेडी र सामाजिक फिल्म हेर्न रुचि लाग्छ भने तपाईंका लागि ‘ह्यारीकी प्यारी’ योग्य हुन सक्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved