Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

भुवन केसीले ‘ह्यारी कि प्यारी’ हेर्दिन भन्नुभो मैले निम्ता गरिनः निर्देशक रिजाल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

माघ, काठमाडौँ । आज (शुक्रबार)बाट चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा आएको छ । कलाकार जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य अभिनय रहेको यो चलचित्रलाई कलाकर्मिले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । गएको मंगलबार गरिएको प्रिमियरमा पनि अधिकांश कलाकारले खुलेरै प्रशंशा गरे ।

यस्तै आज प्रदर्शनको पहिलो दिनपनि केहि कलाकारले ह्यारी कि प्यारी हेरेर प्रतिक्रिया दिए । जहाँ राजेश हमाल, मनिषा कोइराला, करिश्मा मानन्धर लगायतका कलाकार थिए । उनीहरुले चलचित्र हेरिसकेपछि राम्रो लाग्यो भन्ने प्रतिक्रिया दिएर निस्किएका थिए ।

त्यतिकैमा चलचित्रका निर्देशक डा. कपिल रिजालले चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र हेर्दिन भनेकाले निम्ता नगरेको बताए । बिकाश बोर्डका अध्यक्षलाई प्रिमियरमा पनि बोलाउनुभएको थियो, आज पनि बोलाउनुभएको थियो तर आउनुभएन भन्ने कुरा आएको छ खास कुरा केहो ? भन्ने एक सञ्चारकर्मिको प्रश्नमा निर्देशक रिजाल भन्छन्, ‘मैले उहाँलाई चलचित्र हेर्न आइदिनुस् भन्दा उहाँले आउँदिन भन्नुभो मैले निम्ता गरिन ।’
अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहसँगको मनमुटावका कारण चलचित्र हेर्न नखोजेको प्रष्ट बुझिन्छ ।

 

भुवन र साम्राज्ञी बिचको बिषय केहो ?
केहिसमय अघि अभिनेत्री साम्राज्ञीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै चलचित्र क्षेत्रमा भोग्नुपरेको पीडा पोखेकि थिइन् । उनले ८ वटा चलचित्रमा काम गर्दा ३ चलचित्रको टिमबाट आफूलाई निकै शोषण भएको बताएकी थिइन् । आफूमाथि ती ठूला मानिएका ब्यानरले गरेको व्यवहार शब्दमा भन्न नसक्ने नै भएको साम्राज्ञीले बताएकी थिइन् ।
साम्राज्ञीले त्यहाँ कुन निर्माण पक्षले आफूमाथि शोषण गरेको भन्ने कुरा खुलाएकी थिइनन् तर, पनि साम्राज्ञीको अभिव्यक्ति डेब्यू चलचित्र ‘ड्रिम्स’ निर्माता/ निर्देशक भुवन केसीप्रति लक्षित भएको प्रष्ट हुन्थ्यो । साम्राज्ञीको उक्त अभिव्यक्तिमा भुवन केसीले उत्तर फर्काएका थिए ।

भुवनले साम्राज्ञीलाई अहिले पनि ‘ड्रिम्स’ को नाम बेचेर खाइरहेको उल्लेख गर्दै लेखेका थिए, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छन् ? जुन थालमा खाने, त्यही थाल दुलो पार्ने ?’

त्यतिमात्र होइन अभिनेता भुवनले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै अभिनेत्री साम्राज्ञी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । भुवन र साम्राज्ञी बिचको आरोप प्रत्यारोप पछिल्लो समय रोकिएको छ । तर यी दुई कलाकार एकअर्कासँग बोल्दैनन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • २० घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • २० घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • २० घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved