Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘पठान’ले विश्व बक्स अफिसबाट कमायो ७०० करोड भारु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । शाहरुख खान अभिनित फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा ‘सपनाको दौड’ गर्दैछ । यो गति सुस्त हुने संकेत देखिएको छैन । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार रिलिजको नवौं दिनमा पठानले विश्व बक्स अफिसमा ७०० करोडको आँकडा पार गरेको छ । फिल्मले दोस्रो बिहीबार १५ करोडदेखि १६ करोड भारु कमाउन सकेको छ ।

फिल्मले बुधबार भारतीय बक्स अफिसमा ५५ करोड भारुको ओपनिङ गरेको थियो । हप्ताको मध्यमा रिलिज भएदेखि यसले पाँच दिनको विस्तारित सप्ताहन्तको मज्जा लियो । त्यो समयमा विश्वव्यापी रूपमा ५०० करोड भारुको आँकडा पार गर्न सक्यो । हिन्दी फिल्मको इतिहासमा ओपनिङ विकेन्डमा सर्वाधिक कमाउने फिल्म समेत बन्यो । सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ले अझै ‘केजीएफ ः च्याप्टर २’ र ‘बाहुबली २’को कीर्तिमानलाई अझै तोड्न सकेको छैन ।

 

पठानले ‘दंगल’को रेकर्ड तोड्ने क्रममा छ । पठानको कमाइ भारतमा अहिलेसम्म ३८७.३८ करोड (नेट) छ । पठान यशराज ब्यानरको नवस्थापित जासूसी ब्रह्माण्डमा आधारित छ । यसअघि यो युनिभर्समा एक था टाइगर, टाइगर जिन्दा है र वार फिल्म बनिसकेका छन् ।

‘पठान’मा सलमान खान टाइगरको भूमिकामा छन् । फ्यानले पठानमा ऋतिक पनि हुने आशा राखेका थिए तर त्यस्तो भएन । यसबारे निर्देशक सिद्धार्थ आनन्दले भने, ‘हामीले ऋतिक वा अन्य कुनै अभिनेतालाई पनि बोर्डमा राख्न सक्थ्यौं, तर सलमान र शाहरुखलाई फिल्ममा एक्सन गर्ने कुरा यसअघि भएको थिएन । मलाई लाग्छ, अन्तिम पटक जब उनीहरु सँगै एक्सन गरिरहेका थिए भने सन् १९९६ मा करण अर्जुनसँग थियो ।’

साथै दीपिका पादुकोण र जोन अब्राहम अभिनित पठान भारतीय हलमा दोस्रो सातामा चलिरहेको छ । यस सप्ताहन्तमा ठूला फिल्म रिलिज नभएपछि पठानकै गतिले निरन्तरता पाउनेछ । शाहरुखको सम्मानकै लागि भनेर कार्तिक आर्यनले ‘शाहजादा’को प्रदर्शन मिति पछि सारिसकेका छन् । अब यो फिल्म फेब्रुअरी १७ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २१ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २१ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २१ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved