Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘फिल्म बडो डरलाग्दो कुरा हो, त्यसले तपाईंलाई बनाउन पनि सक्छ र सिध्याउन पनि’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । चार वर्षअघि रिलिज भएको ‘समर लभ’पछि सुरज सिंह ठकुरी फिल्मबाट टाढिए । तर नायकको रुपमा उनको पछिल्लो फिल्म चाहिं सन् २०१६ मा रिलिज भएको ‘जंगे’ थियो । यी दुवै फिल्म बक्स अफिसमा असफल रहे । त्यसपछि अभिनेता ठकुरी फिल्ममा फर्किएनन् ।

उनी यतिबेला हिमालय रोडिजको पाँचौं सिजनमा होस्टको रुपमा भित्रिएका छन् । यो रियालिटी शोको औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा ठकुरीलाई होस्टको रुपमा चिनाइएको थियो । तर उक्त प्रेसमिटमा उनले फिल्म अभिनय र यस क्षेत्रसँग सम्बन्धित प्रश्नको सामना गर्नुपर्‍यो । उनले नेपाली फिल्ममा फर्किन आफूलाई मन लागेको समेत बताए ।

 

ठकुरीले फिल्म क्षेत्रलाई डरलाग्दो कुराको रुपमा व्याख्या गरे । उनले भने, ‘चलचित्र भनेको बडो डरलाग्दो कुरा हो, त्यसले तपाईंलाई सिध्याउन पनि सक्छ र त्यसले तपाईंलाई बनाउन पनि सक्छ । यसको ज्वलन्त उदाहरण हामीले विगतमा पनि देखेका छौं र आगामी दिनमा पनि देख्छौं होला ।’ उनले यो अभिव्यक्ति कतातर्फ लक्षित गरेका हुन् भन्ने कुरा चाहिं खुलाएनन् । सम्भवतः ओभरनाइट चर्चामा आएर गुमनाम भएका स्टारतर्फ ठकुरीको यो भनाइ लक्षित रहेको बुझ्न कठिन छैन ।

‘यदि मैले समय पाएर काम गर्न पाएँ भने मलाई नेपाली फिल्मको पुनः हिस्सा बन्न मन छ,’ ठकुरीले भने । फिल्ममा चरित्र चित्रण गर्नु भनेको टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्नुजस्तो सजिलो नभएको उनको भनाइ थियो । ‘यो क्यारेक्टर गर भनेदेखि मलाई मेहनत चाहिं गर्नुपर्छ । मैले त्यो पाटोलाई गम्भीर रुपमा लिएको थिइनँ, किनभने म सञ्चारजगतमै व्यस्त थिएँ,’ उनले आफूले चित्रण गरेका फिल्मका पात्रबारे अनुभव बाँडे ।

सन् २०१३ देखि अभिनय यात्रा थालेका ठकुरीले नाइँ नभन्नु ल २ र ३, जंगे र समर लभमा अभिनय गरेका छन् । चर्चित पुस्तकमाथि आधारित समर लभमा उनको अतिथि भूमिका थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved