Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

पायल्सको उपचार विधी के हो ?

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

पायल्स एउटा यस्तो रोग हो जसमा गुद्वारको भित्र र बाहिर पनि दुखाइ महसुस हुन्छ । यसको कारणले गुदाको भित्री भागमा वा बाहिरी भागमा केही फोकाहरु हुन्छन् । जसबाट कहिलेकाहीँ रगत बाहिर आउँछ र दुखाइ पनि हुन्छ । कहिलेकाहीँ यी मुसाहरु ठूलो भएर बाहिर आउँछन् । यदि परिवारमा कसैलाई यस्तो समस्या भएको छ भने अर्काे पुस्तामा पनि यो समस्या देखिने सम्भावना बढी हुन्छ ।

पायल्स र फिसरबीचको फरक

धेरै पटक मानिसहरु पाइल्स र फिसरको बीच फरक छुट्याउन नसकेर भ्रमित हुने गर्छन् । फिसर पनि गुदासम्बन्धी एक रोग हो, तर यो पायल्सभन्दा अलिक कम हुन्छ या यति ठूलो हुन्छ कि यसबाट रक्तस्राव सुरू हुन्छ ।

पायल्सको ४ स्टेजहरु

चरण १

यो प्रारम्भिक चरणको पायल्स हो । यसले कुनै विशेष लक्षण देखाउँदैन । कहिलेकाहीँ बिरामीलाई थाहा हँुदैन कि उसलाई पाइल्स छ कि छैन । रोगीले यस्तो समस्यामा धेरै दुखाइ महसुस गर्दैन । त्यहाँ हल्का चिलाएको जस्तो महसुस हुन्छ ।

चरण २

दोस्रो चरणको पायल्समा जुन फोका वा मुसा जस्तो समस्या हुन्छ, त्यो दिसा गर्ने समयमा बाहिर निस्कन्छ र हातले भित्र लैजाँदा भित्र जान्छ पनि यसरी हातले भित्र थिचेर बस्दा मात्रै त्यो भित्र बस्छ ।

पहिलो चरणको तुलनामा यो अलिक बढी दुखाइ महसुस हुने खालको हुन्छ । यस क्रममा परिश्रम हुने वा रगत समेत आउने सम्भावना हुन्छ ।

चरण ३

यो अवस्था अलि बढी गम्भीर खालको हुन्छ किनकि यो खालको पायल्समा फोका वा मुसा जस्तो अंश बाहिरपट्टि हुन्छ । यस अवस्थामा रोगीमा गम्भीर दुखाइ महसुस हुन्छ र रगत पनि धेरै आउँछ ।

चरण ४

चरण ३ को अवस्था बिग्रिएपछिको अवस्था हो यो । यसमा त्यो मुसा पलाएको अतिरिक्त मासुको भाग बाहिर झुण्डिएको हुन्छ । बिरामीले गम्भीर दुखाइ र रगत बग्ने गुनासो गर्छन् । यसमा संक्रमणको सम्भावना पनि रहन्छ ।

पायल्सको लक्षण के हो

–दिसा गर्ने समयमा चमकदार रगत बग्नु ।

–मलद्वार वरिपरी चिलाउनु ।

–दिसा गरिसकेपछि पनि पेट सफा नभएको जस्तो महसुस हुनु । –पायल्समा दिसा गर्ने समय केवल रगत आउँछ तर दुखाइ हुँदैन ।

कारण के हो ?

कब्जियत पायल्सको सबैभन्दा ठूलो कारण हो । कब्जियतको कारणले गर्दा धेरै पटक दिसा गर्ने समयमा तनाव सिर्जना हुन्छ । लामो समयसम्म उभिनु यसको कारण हो । कतिपयमा मलद्वारमा यौनसम्पर्क गर्दा पनि यस्तो समस्या सिर्जना हुन्छ । मोटोपना यसको अर्को महत्वपूर्ण कारण हो । धेरै पटक गर्भावस्थाको बेला पनि पायल्सको समस्या देखिन्छ । पायल्सको समस्या सामान्य डिलीभरीको समयपछि पनि हुन सक्छ ।

उपचारको विधिहरु

पायल्सको उपचार विभिन्न तरिकाले गर्न सकिन्छ ।

एलोपैथी

औषधिः यदि समस्या पहिलो र दोस्रो चरणमा छ भने औषधिबाट मात्र पनि निको हुन सक्छ । शल्यक्रिया आवश्यक हुँदैन । यस्ता औषधिहरु पनि थरिथरिका हुन्छन् । यी औषधिहरु डाक्टरलाई सोधेर मात्र प्रयोग गर्नुपर्छ ।

अपरेशन रबर ब्यान्ड लिगेसन

यदि मुसा ठूलो छ भने रबर ब्यान्ड लिगेसनको प्रयोगबाट पनि यसको उपचार खोज्न सकिन्छ । यो विधिको प्रयोगले दिसामा रगतको प्रवाह रोकिन्छ । यसमा, डाक्टरहरुले गुदाको भित्र एक उपकरण जडान गर्छन् । जसको मद्दतले एक रबर ब्यान्ड मुसाको जरासँग जोडिएको हुन्छ । यसपछि, एक हप्ताको समयमा यो मुसा आकारको अतिरिक्त मासु सुख्खा हुँदै जान्छ । केही समयमा यो निको हुन्छ ।

यसबाहेक यसको उपचार आयुर्वेद, क्षारसूत्र विधिबाट पनि यसको उपचार गर्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

blackjack slot

  • १८ घण्टा अगाडि

Chicken road

  • १८ घण्टा अगाडि

momang casino

  • १८ घण्टा अगाडि

sun of egypt 2

  • १८ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved