Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

साम्राज्ञी भन्छिन्- हिरो हिरोइन राखेर मात्र फिल्म हिट हुने होइन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । ‘हिरो हिरोइन राखेर फिल्म हिट हुने होइन । फिल्म राम्रो बनाए मात्र दर्शक हेर्न जानुहुन्छ ।’

अभिनेत्री साम्राज्ञी शाहले आइतबार आयोजित फिल्म ‘ह्यारीकी प्यारी’को पत्रकार सम्मेलनमा बताएका अभिव्यक्ति हुन् यी । उनले घुमाउरो ढंगले फिल्म नचल्नुमा निर्माता र निर्देशक जिम्मेवार रहेको बताउन खोजेकी हुन् । लाखौं पारिश्रमिक लिएर पनि फिल्म हिट गराउन नसकेको भन्ने आलोचनाको पृष्ठभूमिमा उनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

 

महंगी अभिनेत्री समेत रहेकी साम्राज्ञीले फिल्म नचल्नुमा कलाकारको भूमिका नभएको प्रष्टीकरण दिइन् । ‘ह्यारीकी प्यारी’मा जितु नेपाल र साम्राज्ञीको जोडीलाई लिएर सामाजिक सञ्जालमा चलेको चर्चाबारे उनको यस्तो टिप्पणी आएको हो । कलाकारलाई हेर्न भन्दा फिल्म राम्रो भए मात्र दर्शक हलमा पुग्ने उनको भनाइ छ ।

आफूले पहिलोपटक कमेडी फिल्म गरेको र मनपर्ने जनरा समेत कमेडी भएको साम्राज्ञीले बताइन् । पहिलोपटक गाउँले परिवेश र कथावस्तुमा बनेको फिल्ममा समेत साम्राज्ञीको यो पहिलो फिल्म हुनेछ । ‘म बच्चैदेखि रोमकम र कमेडी हेरेर हुर्किएकी हुँ । मेरो मनपर्ने जनरा पनि कमेडी हो,’ उनले भनिन्, ‘अबको मेरो फिल्मको प्राथमिकता र छनोट पनि कमेडी र यस्तै कथावस्तु हुनेछ ।’

फिल्म छायांकनको बेलाको अनुभव बाँड्दै उनले ह्यारीकी प्यारीमा काम गर्दा चुनौतीपूर्ण भएको समेत बताइन् । ‘जब म उहाँहरु (अन्य कलाकार)लाई भेट्छु नि बडी ल्यांग्वेज र बानी बिस्तारै चेन्ज हुन्छ । गाउँमा सुट हुँदा कठिन भएको थियो । गाउँका कतिपय शब्द बोल्न आउने थिएन । यो फिल्म कुनै एउटा उमेरलाई लक्षित गरेका छैनौं । जनतालाई नै टार्गेट गरेका छौं । नेपालीपन त भइहाल्यो । स्टोरीमा कति कुरा मन छुने छन् ।’

उनले अब आफू संख्याभन्दा गुणमा आधारित फिल्ममा काम गर्ने बताइन् । ‘अब क्वान्टिटीभन्दा क्वालिटी फिल्ममा काम गर्छु र त्यस्तै फिल्म मेरो रोजाइमा पर्छन् । फिल्मको प्रस्ताव धेरै आए पनि छनोट गरेर मात्र निधो गर्छु,’ साम्राज्ञीले भनिन् ।

डा. कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved