Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

भारतले रोक्यो पाकिस्तानी फिल्म ‘मौला जट्ट’को रिलिज

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । सन् २०२२ मा धेरै कमाइ गर्ने पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’लाई भारतमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गरेको एक्सनप्रधान यो फिल्म ३० डिसेम्बरमा दिल्ली र पञ्जाबका हलमा रिलिज हुने बताइएको थियो ।

भारतीय सेन्सर बोर्डले यो फिल्मको प्रदर्शन रोक्नुको कारण केही खुलाएको छैन । समाचार संस्था पीटीआईले भारतको मल्टिप्लेक्स सिनेमा समूह पीभीआर र आईनक्सका एक कर्मचारीलाई उध्दृत गर्दै प्रदर्शन रोकिएको जनाएको छ ।

 

ती कर्मचारीले बताएअनुसार फिल्म रोकिनुको कारणबारे केही खुलाइएको छैन र अर्को मिति पनि दिइएको छैन । केही भारतीय सञ्चारमाध्यमले त्यहाँको सेन्सर बोर्डले प्रदर्शनको अनुमति फिर्ता लिएको जनाइएको छ । तर यसबारे सेन्सर बोर्डले आधिकारिक रुपमा केही बताएको छैन ।

‘मौला जट्ट’ भारतमा रिलिज भएको भए सन् २०११ मा ‘बोल’पछि हलमा प्रदर्शन हुने यो पहिलो पाकिस्तानी फिल्म हुन्थ्यो । भारतमा ‘मौला जट्ट’को वितरणसम्बन्धी अधिकार जी स्टुडियोसँग छ । प्रदर्शन रद्द भएको विषयमा जी स्टुडियोका तर्फबाट पनि कुनै वक्तव्य आएको छैन ।

‘मौला जट्ट’का अभिनेता फवाद खान र अभिनेत्री माहिरा खान पनि बलिउडमा चर्चित छन् । माहिराले सन् २०१७ मा शाहरुख खानको फिल्म ‘रईस’मा काम गरेकी थिइन् । फवादले बलिउडका धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् ।

सन् २०१६ को उरी आक्रमणपछि इण्डियन मोसन पिक्चर्स एसोसिएसनले पाकिस्तानी कलाकार र गायकलाई भारतीय फिल्ममा काम गर्न प्रतिबन्ध लगाएको थियो । महाराष्ट्र राज्यमा शिवसेना र महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई काम गर्न नदिने र पाकिस्तानी कलाकारले अभिनय गरेको फिल्म प्रदर्शन गर्न नदिने धम्की पनि दिएका थिए ।

कतिपय भारतीय मिडियाले मौला जट्टको विरोध गर्दै आएका छन् । त्यसको कारणका रूपमा फिल्मका अर्का अभिनेता हमजा अली अब्बासलाई उनीहरूले हाफिज सइदका समर्थक भएको आरोप लगाएका छन् । भारतले हाफिज सइदलाई मुम्बईमा भएको आतंककारी हमलाको मुख्य योजनाकार मान्दै आएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved