नबराज अधिकारी – नवलपुर ।
सुर्यज्याेति लाईफ इन्स्योरेन्स कम्पनिकाे दलदले (अमरापुरी) शाखामा अभिकर्ता मिलन एवं पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथीको रुपमा सुर्यज्योति लाईफ ईन्स्याेरेन्स कम्पनी का नारायणी क्षेत्र अन्तर्गतका क्षेत्रीय प्रमुख ईश्वर बिकल सापकोटाकाे उपश्थिती रहेकाे थियाे ।
दलदले अमरापुरी शाखाका शाखा प्रमुख चिरञ्जीवी ज्ञवाली काे अध्यक्षतामा सम्पन्न कार्यक्रम यशै शाखाका अपरेशन ईन्चार्ज नबराज अधिकारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा उपश्थीत अभिकर्ता एबँम एजेन्सी म्यानेजहरू सापकोटाकाे प्रशिक्षणमा बढाे उत्साह पुर्वक प्रश्न उत्तर गरि नयाँ पाेलीसी र सुबिधाका जानकारी लीँदै थिए । भने केही नयाँ अभिकर्ताहरू सापकोटाले आफ्नाे बिमा सँगकाे लामाे अनुभव र दाबी भुक्तानी गरेका कुराहरूले भावुक हुँदै बिमा अझ अपरिहार्य रहेकाे जनाएका थिए ।
सुर्या र ज्याेती लाईफ ईन्स्याेरेन्स कम्पनी लीमीटेडकाे एकीकरण पश्चात् यहि पाैष ७ गते बाट देशभर सँयुक्त काराेबार सुरू भएकाे हाे ।

