Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

निखिल उप्रेतीले पडकास्ट चलाउने, भन्छन्- जीवन बाँच्ने कला सिकाउँछु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । अभिनेता निखिल उप्रेती पछिल्लो समय आध्यात्मिक अभियानमा पनि सक्रिय छन् । गत महिनासम्म उनी एमाले उम्मेदवार समेत रहेका दाजु हरि उप्रेतीलाई भोट माग्दै सर्लाहीको चुनावी अभियानमा व्यस्त थिए ।

निखिलले पछिल्लो समय मोटिभेसनल स्पिच (जीवनदायी प्रवचन) दिन थालेका छन् । समबोधी अभियानमा रहेर उनले प्रवचन दिइरहेका छन् ।

 

यसैबीच, उनले मानिसलाई जीवन जिउने कला सिकाउनेबारेमा पडकास्ट सञ्चालन गर्ने भएका छन् । चाँडै सञ्चालन हुने पडकास्टमा मानिसलाई जीवनप्रति आशावादी बन्ने खालका प्रवचन दिने निखिलले बताए ।

‘चाँडै यो पडकास्ट आउनेछ जसले त्यो सुन्ने मानिसलाई हामी अलग छैनौं, बरु एउटै छौं भन्ने बोध गराउनेछ,’ उनले भने ।

आफूले सञ्चालन गरेको समबोधी अभियानले समानान्तर बोधको कुरा गर्ने भन्दै निखिलले उक्त प्लेटफर्ममा जुनसुकै सवालमा समेत छलफल चलाइने बताए ।

‘यतिखेर हामीलाई सोसल नेटवर्कले नजिक बनाएको छ तर सोसल नेटवर्कले टाढा पनि बनाएको छ । अब हामीले नजिक हुन जान्नुपर्छ,’ उनी भन्छन्, ‘सामाजिक सञ्जालले हामीलाई निराशातर्फ लैजान्छ । प्रेमीप्रेमिका मात्र होइन, बाबुआमाले पनि । यो अवस्थामा हामी प्रेमको न्यानोको अपुग भएको व्यक्ति छौं । सोच्ने तरिकालाई फेरि पुनर्विचार नगर्ने त ?’

सामाजिक सञ्जाल र वेबसाइटमार्फत पडकास्ट सञ्चालनमा ल्याइने निखिलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ११ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ११ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ११ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved