Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चार्ल्स शोभराजको ठाउँमा आफ्नो फोटो भाइरल भएपछि रणदीप हुडाको यस्तो प्रष्टीकरण

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । नेपालको कारागारबाट रिहा भएपछि ‘सिरियल किलर’ समेत भनिने चार्ल्स शोभराजलाई उनकै देश फ्रान्स डिपोर्ट गरिएको छ । पछिल्ला दुई दिन शोभराज नेपालसहित अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चामा रहे ।

मिडियादेखि सामाजिक संजालमा चार्ल्स भाइरल बनिरहँदा बलिउड अभिनेता रणदीप हुडाको तस्वीर समेत ब्यापक सेयर भयो । प्रतिष्ठित मिडियाले नै चार्ल्स भन्दै रणदीपको तस्वीरलाई प्रयोग गरिरहेका दिए ।

 

खासमा उक्त तस्वीर सन् २०१५ मा रिलिज भएको हुडा स्टारर फिल्मको तस्वीर हो जहाँ उनले चार्ल्सकै भूमिकामा अभिनय गरे । चार्ल्सको ठाउँमा आफ्नो तस्वीर सेयर भएपछि अभिनेता हुडाले प्रष्टीकरण दिएका छन् ।

उनले उक्त समाचारको तस्विर ट्वीट गर्दै लेखेका छन्, ‘यो ब्याक ह्यान्डेड कम्प्लिमेन्ट हो वा तपाई वास्तवमै ‘रियल’ र ‘रिल’ चार्ल्स शोभराजबीच भ्रममा पर्नुभयो ?

 

यो तस्वीरलाई लिएर हास्यास्पद प्रतिक्रिया पनि प्राप्त भएका छन् । तस्वीरमा केही कारण पनि थियो जसले गर्दा धेरैजना रिल र रियलका चार्ल्स एउटै हुन् भन्ने भ्रम धेरैलाई भयो ।

लेखक र स्तम्भकार जैनाब सिकन्दरले अभिनेता हुडाको ट्विटको जवाफ दिए, ‘मान्छेहरु भ्रममा परे किनभने चार्ल्स शोभराजको त्यो भूमिकाको लागि तपाईंले आफूलाई चरित्रमा रूपान्तरण गर्नुभयो । उनीहरूलाई दोष दिन सकिँदैन ।’

प्रवाल रमनद्वारा निर्देशित फिल्म ‘मैं और चार्ल्स ’मा ऋचा चड्डा, आदिल हुसैन, एलेक्स ओ’नेल, मन्डना करीमी र लक्की मोरानीले पनि अभिनय गरेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved