Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि सुभाष घईको ‘चोर पुलिस’मा आउँदै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । अनिल कपुर र ज्याकी श्राफको जोडी बलिउडको सुपरहिट जोडीमध्ये एक हो । यी दुई स्टारले १२ फिल्ममा सँगै काम मात्र गरेका छैनन्, उनीहरु असल साथी पनि हुन् ।

फिल्म उद्योगमा यति लामो समय कामसँगै मित्रता कायम राख्नु दुर्लभ उदाहरण हो, किनभने यी दुईबीचमा असुरक्षा हाबी छैन ।

 

यी दुईको ब्रोमान्सलाई ‘राम लखन’, ‘कर्म’ र ‘त्रिमूर्ति’ जस्ता फिल्ममा निकै रुचाइएको थियो । अब यो जोडी फेरि पर्दामा देखिनेछ । सुभाष घईको आगामी फिल्ममा अनिल र ज्याकीलाई एकसाथ देख्न पाइनेछ ।

यी दुईले निर्देशक घईसँग धेरै फिल्ममा काम गरेका छन् । ‘राम लखन’ र ‘कर्मा’ पनि घईले निर्देशन गरेका थिए । पिंकभिलाका अनुसार निर्देशक घई अब ‘चोर पुलिस’ नामक फिल्म बनाउँदैछन्, जसमा अनिल र ज्याकी देखिनेछन् ।

 

विवरणअनुसार यी दुवै कलाकारलाई फिल्मको कथा मन परेको छ र फिल्मको प्रतीक्षामा छन् । स्रोतका अनुसार ‘चोर पुलिस’ कमेडी फिल्म हो, जसमा अनिल चोरको भूमिकामा देखिनेछन् । अनिल चोरहरूको परिवारका हुन्छन् भने ज्याकी श्राफ प्रहरीको परिवारका हुन्छन् र उनी प्रहरी अधिकारी हुन्छन् ।

फिल्मको कथा अनिष बज्मी र पट्टु पारेखले लेखेका हुन् । यो फिल्मको निर्माण अहिले प्रारम्भिक चरणमा छ र आगामी वर्षसम्ममा सबै कुरा मिल्ने बताइएको छ । फिल्मको कथा फाइनल भइसकेको छ । अहिले कलाकार र निर्देशकको नाम मात्रै टुंग्याउन बाँकी छ । यद्यपि अनिल कपुर र ज्याकी श्राफको नाम पुष्टि भइरहेको छ ।

२१ वर्षपछि यी दुई कलाकारलाई एउटै फिल्ममा देख्न लागिएको हो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १५ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १५ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १५ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved