Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘कुसुमे रुमाल’को विवाद पुनः सतहमा, रञ्जित गजमेरले लगाए उद्धव पौडेलमाथि आरोप

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । वरिष्ठ संगीतकार रञ्जित गजमेरले साढे तीन दशक पुरानो फिल्म ‘कुसुमे रुमाल’को सन्दर्भ उल्लेख गर्दै फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेलमाथि आरोप लगाएका छन् ।

सोमबार सार्वजनिक भएको गजमेरको आत्मकथा ‘मोहनी मादलको’ पुस्तकमा गजमेरले उक्त फिल्मलाई नेपाल प्रदर्शन गर्ने विषयमा पौडेलले व्यावसायिक धोका दिएको आरोप लगाएका छन् ।

 

गजमेरको यो आरोपसँगै २५ वर्ष पहिले तत्कालीन निर्माता संघ र सर्वोच्च अदालतबाट समेत सल्टिसकेको ‘कुसुमे रुमाल’का निर्माताबीचको विवाद पुनः सतहमा आएको छ । रजतजयन्ती मनाउने पहिलो नेपाली फिल्म समेत रहेको यो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए । भुवन केसी, तृप्ति नाड्कर र गायक उदितनारायण झा फिल्ममा प्रमुख भूमिकामा थिए । उदितनारायणले पहिलोपटक फिल्ममा अभिनय गरेका थिए ।

गजमेरले के लेखेका छन् ?

 

‘हामीले अत्यन्त विश्वासका साथ पौडेललाई ‘कुसुमे रुमाल’को पहिलो प्रिन्ट थमाउँदै नेपाल पठायौं । तर नेपाल पुगेर उहाँले त्यो फिल्म आफ्नो ब्यानरमा दर्ता गर्नुभएछ । सिनेमा धुमधामले चल्यो, ठाउँठाउँमा सिल्भर जुबली र ‘१००’ दिन पनि मनायो ।

‘कुसुमे रुमाल’को कमाइबाट पौडेलले सिनेमा हल निर्माण गर्नुभएको पनि सुनियो । तर पौडेलले मुनाफाको एक पैसा पनि हामीलाई दिनुभएन । उहाँ एकाएक हामीसँग वैरी हुनुभयो । हाम्रोबीच त्यो बेलादेखि बन्द भएको बोलचाल आजपर्यन्त कायमै छ ।

हाम्रै घरमा बसेको, मेरै श्रीमतीले पकाएको खाएको मान्छेले त्यसरी धोका देला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ ।’

संगीतकार रञ्जित गजमेर र फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेल
यसबारेको विवाद सल्टिसकेको थियो : उद्धव पौडेल

उहाँ त्यो फिल्मको संगीतकार चाहिं हो । उहाँले किन त्यसो भन्नुभयो थाहा छैन । फेरि नेपालमा आएर किन गर्नुपर्‍यो त्यो कुरा ? उहाँको आफ्नै सिनेमा थियो भने आफैंले नेपालमा रिलिज गर्दा हुन्थ्यो । नेपालमा फिल्म चलाउन नेपाली नागरिक नै हुनुपर्दैन । उहाँलाई प्राविधिक समस्या पर्‍यो भन्ने कुरा नै गलत हो । उहाँको श्रीमती कुसुम कुमारीको नाम सहनिर्माताको रुपमा थियो ।

कुसुमे रुमालको निकै विवाद भयो । चलचित्र निर्माता संघदेखि अदालतमा मुद्दा चल्यो । सबै संघसंस्थाले कम्प्रमाइज गराएर सक्किसकेको विषय थियो यो । उहाँ कुसुमे रुमालको फस्ट पर्सन, सेकेन्ड पर्सन पनि होइन । तुलसी घिमिरे र श्रवण घिमिरेजी हो आधिकारिक मान्छे ।

यस विषयमा मैले धेरैपटक बोलिसकेको छु । जतिबेला उहाँ हुनुहुन्थ्यो, त्यतिबेला तुलसी घिमिरेसँग उहाँको सम्बन्ध पनि गाँसिएको थिएन । तुलसी र श्रवणजीसँग डिल भएको हो यी कुराहरु । उहाँले किन भन्नुभयो थाहा भएन । निर्माता संघको रोहवरमा अदालतमा हालेको मुद्दामा पनि सहमति भएर सल्टिसकेको कुरा थियो ।

चलचित्र निर्माता संघका तत्कालीन महासचिव अशोक शर्माले दुवै पक्षलाई बोलाएर सकिएको विषय हो यो । यस विषयमा हामी नबोल्ने, नलेख्ने, एकअर्कालाई दोष नलाउने भनेर कागज गरिएको छ ।

मैले नै विवाद मिलाइदिएको हुँ : अशोक शर्मा

त्यो उनीहरुको लेनदेनको विवाद थियो । त्यो फिल्म तुलसी घिमिरेले बनाएको र पछि त्यसमा उद्धव पौडेल सहभागी हुनु भएको हो । नेपाल रिलिजको हिसाबकिताब उद्धव पौडेलसँग र उताको रिलिजको हिसाबकिताब तुलसी घिमिरे र श्रवण घिमिरेसँग ।

त्यही लेनदेनको विवाद थियो । त्यो विवादले धेरै मुद्दामामिला भयो । म महासचिव भएको बेला न्यायिक समितिमा दुवै पक्षलाई बोलाएर त्यहाँ समझदारी गराएर अनि त्यो लेटर सर्वोच्च अदालतमा पठाएर मुद्दा फिर्ता लिएको हो ।

लेनदेनमा जुन विवाद थियो, यसमा दुवै पक्षले कम्प्रमाइज गर्ने कुरा भयो । रकम त ठ्याक्कै थाहा भएन तर त्यतिबेलाको लागि त्यो रकम ठूलै कुरा थियो । प्रिन्टको कुरा भन्दा पनि लेनदेनको कुरा थियो । त्यसबाहेक दर्पणछायाँ भन्ने फिल्मको सेयरको पनि गोपीकृष्णबाट सेयर पनि प्राप्त नभएको कुरा पनि थियो । यी कुराहरु मैले मिलाइदिएको हो । २०-२५ वर्षअघि नै यो कुरा सल्टिएको हो । सहमति भएर अबदेखि यो लफडालाई टुंग्याउने सहमतिसहितको उहाँको कारोबारसहितको कुरा मिलाएर लेनदेन पनि भएको हो ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ११ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ११ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ११ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved