Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ : आर्यन सिग्देल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् ।

 

बिहीबार बेलुकी आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ”, अभिनेता सिग्देलले भने, “हरेक फिल्ममा उही सङ्घर्ष र मेहनत हुन्छ । यद्यपि पछिल्लो समय आशावादी भएको फिल्म भने यही हो । दर्शकले खोजे झैँ यसमा हाँसो, रोदन, प्रेम र द्वन्द्वको मिश्रण छ ।”

अभिनेता सिग्देलले डेढदशक लामो फिल्मी यात्रामा ४० वटामा अभिनय गरेका छन् । ‘क्लिन हिट’ को खोजीमा रहेका अभिनेता सिग्देल यसपटक प्राविधिक पक्षमा सक्रिय छन् । “मैले सहयोगी भाव डेब्यु फिल्म ‘किस्मत’ देखि नै देखाउने गरेको छु । म फिल्म खेलेर आफ्नो काम मात्र पूरा गर्दिन । राम्रो बनाउन सकेको मेहनत गर्छु”, उनले भने । फिल्ममा आर्यनसँगै उपासना सिंह ठकुरी, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय रहेको छ ।

रामप्रसाद रिजाल निर्माता रहेको ‘डिसेम्बर फल्स’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यसमा कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले छन् । निर्माणमा रिजाललाई राजकुमार भट्टले साथ दिएका छन् । यसमा विपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ । रासस

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved