Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’को छायांकन तीन वर्षमा सकियो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । आर्यन सिग्देल स्टारर फिल्म ‘डिसेम्बर फल्स’को छायांकन तीन वर्षमा सकिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा शनिबार यो मेडिकल-रोमान्स ड्रामाको छायांकन पूरा गरिएको हो ।

२०७७ सालको मंसिरमा फिल्म निर्माण घोषणा भएको थियो । लगत्तै कोरोना महामारी सुरु भएपछि फिल्म अनिश्चित बनेको थियो । आर्यनको करिअरका लागि महत्वपूर्ण मानिएको फिल्म पुस १५ गते प्रदर्शन हुनेछ ।

 

लाङटाङ क्षेत्रमा हेलिकोप्टरबाट उद्धार गरिएको दृश्य छायांकनसँगै ‘डिसेम्बर फल्स’ इन्ड क्ल्याप भएको हो । आर्यन र को–स्टार उपासना सिंह ठकुरीले उक्त दृश्यमा अभिनय गरे ।

केही दक्षिण भारतीय फिल्ममा समेत काम गरेका प्रवीण झा निर्देशित फिल्मले अस्पतालमा कार्यरत नर्सलाई बदला लिन अपहरण गरिएपछि मुख्य पात्रले उनलाई अपहरणकारीको पञ्जाबाट मुक्त गर्न गर्ने संघर्षको कथा पेस गर्छ ।

 

 

फिल्ममा उपासनाले नर्स र आर्यनले उनलाई मन पराउने पात्रको भूमिका निर्वाह गरेका छन् । चिकित्सा विधाका दर्शकले यो फिल्मलाई रुचाउने अपेक्षा गरिएको छ ।

‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजाल हुन् भने छायांकनमा महामारीको प्रभाव परेकाले बजेट दुई करोड रुपैयाँभन्दा बढी पुगेको बताइएको छ । यसअघि नै फिल्मको गीत र टिजर सार्वजनिक भइसकेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ७ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ७ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ७ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved