Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै क्रोएसिया क्वार्टरफाइनलमा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

कावासोती । गोलकिपर डोमिनिक लिभाकोभिच नायक बनेपछि पेनाल्टी सुटआउटमा जापानलाई ३–१ ले पराजित गर्दै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

सोमबार कतारको अल जनौब रंगशालामा निर्धारित ९० मिने ट, इन्जुरी टाइम र अतिरिक्त समयमा क्रोएसिया र जापान १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

जहाँ क्रोएसियाका गोलकिपर लिभाकोभिचले जापानको तीन पेनाल्टी बचाउँदै आफ्नो टिमलाई विश्वकपको अन्तिम आठमा पुर्‍याए ।

लिभाकोभिचले जापानका टकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । पेनाल्टी प्रहारका लागि जापानबाट मिनामिनो पहिलो, मितामो दोस्रो र योसिदा चौथो खेलाडीको रूपमा आएका थिए । जापानका टकुमा असानो मात्रै पेनाल्टीमा गोल गर्न सफल भए ।

यता, क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरे । क्रोएसियाका मार्को लिभाजाको प्रहार जापानका गोलकिपर सुइची गोन्डाले विफल बनाएपनि टिमको हार टार्न भने सकेनन् ।

जारी विश्वकपमा पेनाल्टी सुटआउटमा पुगेको पहिलो नकआउट खेल हो ।

त्यसअघि खेलको ४४ औँ मिनेटमा डाइजेन माईडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा आक्रामक बनेको क्रोएसियाले ५५ औँ मिनेटमा बराबरी गोल गरेको थियो । इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए ।

त्यसपछि दुवै टिमले इन्जुरी टाइमबाहेक १२० मिनेटसम्म गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

जितसँगै क्रोएसियाले सेमिफाइनल प्रवेशका लागि आजै हुने ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ ।

जापान समूह ‘ई’ को विजेताको रूपमा अन्तिम–१६ मा आउँदा क्रोएसिया समूह ‘एफ’ को उपविजेताको रूपमा अन्तिम–१६ मा आएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • ६ घण्टा अगाडि
UML555555555555

यी हुन् एमालेमा विजयी पदाधिकारी, कसले कति...

  • ६ घण्टा अगाडि
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • ३ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved