Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

किम्फमा मह सिकारीको कथा प्रस्तुत गर्ने फिल्म ‘बाघको ब‌ङ्गारा’को प्रिमियर हुने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २० औं संस्करणमा मह सिकारीको कथा प्रस्तुत गर्ने फिल्म ‘बाघको बंगारा’को प्रिमियर हुने भएको छ ।

 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कमलकुमार निर्देशित फिल्म सञ्चारकर्मीलाई देखाइयो । टेलिभिजन कार्यक्रम ‘हेर्ने कथा’की सञ्चालिका विद्या चापागाईंले निर्माण गरेको फिल्म प्रदर्शनपछि अन्तरक्रिया समेत गरियो ।

उत्तरी जाजरकोटका स्थानीयले लामो यात्रापछि अक्कर भीरमा चढेर गर्ने मह सिकारको कथा फिल्मले पेस गर्छ । गैरआख्यान श्रेणीको यो फिल्मले मह सिकारको लागि हिमाली भेगका बासिन्दाले गर्ने दुःख र मिहिनेतलाई चित्रण गर्छ ।

‘हेर्ने कथा कार्यक्रम तयार पार्ने सिलसिलामा यो फिल्म बनाएका हौं,’ निर्मात्री चापागाईंले भनिन्, ‘किम्फमार्फत दर्शकसामु फिल्म देखाउन हामी तयार र उत्साहित छौं ।’

टेलिभिजन र रेडियोमा अनुभव बटुलेका निर्देशक कुमारले छायांकन बेलाको अनुभव सुनाए । ‘वास्तवमै निकै कठिनाइपूर्वक खिचिएको थियो । त्यो क्षण सम्झिंदा पनि आङ सिरिङ्ग हुन्छ,’ उनले भने, ‘म फेरि त्यहाँ पुगेर फिल्म खिच्न चाहन्नँ ।’

मंसिर २२ देखि २६ सम्म आयोजना हुने फेस्टिभलको पहिलो दिन ‘बाघको बंगारा’ प्रिमियर हुनेछ । फेस्टिभलको समापन चाहिं अस्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तु बोकेको फिल्म ‘फ्लाइ फ्रम एभरेस्ट’बाट हुनेछ ।

पहिलो दिन विहीबार भारतीय निर्देशक एम गनी निर्देशित फिल्म ‘माट्टोकी साइकिल’को विशेष प्रदर्शन हुनेछ । बलिउड अभिनेता प्रकाश झाको अभिनय रहेको फिल्मले एउटा साइकलले किसानको जीवनमा आउने उतारचढावको कथा भन्छ । ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको यो फिल्मलाई दर्शकले किम्फमा हेर्न पाउनेछन् ।

यो वर्ष किम्फमा ३० मुलुकका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन् । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा यसपटक दुई दर्जन अन्तर्राष्ट्रिय फिल्ममेकर सहभागी हुनेछन् ।

यसपटक भौतिक रुपमा हुने लागेको फेस्टिभल अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण हाइव्रिड शैलीमा गरिएको थियो ।

यसपटकको संस्करणको मूल नारा दिगो आरोहण राखिएको छ । जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतिलाई लक्षित गर्दै यो नारा तय गरिएको फेस्टिभल निर्देशक रम्यता लिम्बूले बताइन् ।

फिल्म स्क्रिनिङबाहेक नेपाली फिल्मको भविष्य, फिल्ममा तन्नेरी पुस्ता र फिल्ममा बालबालिकाजस्ता विषयमा फिल्मकर्मीबीच सामूहिक छलफल समेत हुनेछ ।

जर्मन लेखक तथा निर्माता माइकल पज, नेपाली फिल्म निर्माता तथा एनिमेटेड अगुवा किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय फिल्म फेस्टिभलकी प्रोग्रामर जिन्ना ली जुरीको रुपमा किम्फमा यसपटक हुनेछन् ।

फेस्टिभलबाहेक यसपटक विभिन्न मुलुकका पर्वतीय फिल्म महोत्सवहरुको अलायन्स (आईएएमएफ)को साधारणसभा पनि काठमाडौंमा हुनेछ । उक्त संगठनका २८ सदस्य राष्ट्रको सहभागिता सभामा हुने जानकारी किम्फले दिएको छ ।

किम्फ आयोजकको रुपमा हिमाल एसोसिएसन छ भने सहआयोजकमा काठमाडौं महानगरपालिका छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १६ घण्टा अगाडि
724039177_1585427129613901_371424794007803053_n

विश्वकप : जापान र नेदरल्यान्डसबीचको खेल बराबरीमा

  • १६ घण्टा अगाडि
trump_ZE7MLMMUU5-1024x543

अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’

  • १६ घण्टा अगाडि
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved