Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मीलनले पायो प्रिमियरबाट सुखद प्रतिक्रिया

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

 

काठमाडौं, ७ मंसिर
आगामी शुक्रबार (मंसिर ९)बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’को प्रिमियर शो सम्पन्न हिजो (मंगलबार) साँझ किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा गरिएको प्रिमियरबाट चलचित्रले सुखद प्रतिक्रिया पाएको छ । उपस्थित चलचित्रकर्मिले चलचित्रको कथावस्तु, कलाकारको काम र निर्माणपक्षको तारिफ गरेका थिए ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको ‘मीलन’ हेरिसकेपछि वरिष्ठ कलाकार निर शाहले चलचित्रले दर्शकको ध्यान तान्ने बताए । उनले चलचित्रले दर्शकलाई भरपुर रुपमा हँसाउन पनि सक्ने र केहि दृश्यले भावुक पनि बनाउने बताए । साथै उनले चलचित्रको सफलताको शुभकामना ब्यक्त दिए । शाह अघि भन्छन्, ‘नेपालमा बनेका हरेक चलचित्रले सफलता हासिल गर्नुपर्छ । हामीले चलचित्रका प्रिमियर शोहरुलाई एक प्रकारको उत्सवको रुपमा लिने गछौं । त्यो खुसीको कुरा हो । नेपाली चलचित्र क्षेत्र ठुलो बन्दै गएको छ । यो कुरालाई सरकारले पनि ध्यानमा राख्नुपर्छ ।’

चलचित्र हेरिसकेपछि अन्य चलचित्रकर्मिहरुले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए ।
अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको चलचित्र भित्रको पवित्र मित्रता एक युवतीका कारण कसरी बिग्रन्छ भन्ने कथा चलचित्रमा हेर्न पाइन्छ । प्रिमियरमा नवअभिनेता कुशल र अभिनेत्री शिल्पा थापाको कामको तारिफ गरियो । साथै कलाकार सुमिन गुरुङले निभाएको तेस्रो लिंगीको भूमिकाको चर्चा भएको थियो ।

चलचित्रका निर्माता प्रविन थापाले चलचित्रकर्मिहरुबाट पाएको सकारात्मक प्रतिक्रियासँगै दर्शक हलसम्म आउनेमा विश्वास ब्यक्त गरे । उनले चलचित्र ‘मीलन’ले मल्टिप्लेक्स हलहरुमा उच्चतम शो पाउनेमा पनि विश्वास राखेका छन् । चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राई आफ्नो लामो समयदेखीको मिहिनतलाई अब दर्शक समक्ष छाड्न लागेको भन्दै चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क छन् । उनले प्रिमियरमा चलचित्रले पाएको प्रतिक्रियाले आफूलाई थप उर्जा मिलेको बताए ।

चलचित्रमा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल लगायतको पनि अभिनय रहेको छ । तीनवटा गीत समावेश चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ । यस्तै चलचित्रमा रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रमा ब्याकग्राउण्डस्कोर सैलेश श्रेष्ठको रहेको छ भने एरेन्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई रहेको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् ।
काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको छायांकन राहुल राईले गरेका हुन् भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved