Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एकताको फिल्मबाट निकालिइन् दिशा पटानी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

विगत ६ वर्षयता बलिउडमा अभिनेत्री दिशा पटानीले ठूला व्यानरका फिल्ममा काम त गरिन्, तर आफूलाई पहिचान दिने खालको भूमिकामा अभिनय गर्न पाइनन् । अभिनेता टाइगर श्राफसँगको प्रेम र सामाजिक सञ्जालमा रंगीन उत्तेजक तस्वीर पोस्ट गरेर चर्चामा आइन् ।

उनको पछिल्लो फिल्म ‘राधे’ र ‘एक भिलेन रिटर्नस’ बक्सअफिसमा कमजोर साबित भयो । हालका दिनमा हिन्दी फिल्मको बक्स अफिस कमजोर बन्दै गएको छ । बलिउडमा साउथको दबदबाले जोकोही बलिउडका कलाकार साउथमा भूमिकाको खोजीमा छन् । दिशाले पनि साउथमा एक–दुईवटा फिल्म पाएकी छन् । तर यो बहानामा उनले बलिउडको एक ठूलो फिल्म गुमाउनु परेको छ ।

निर्माता एकता कपुरले उनलाई होम प्रोडक्सन फिल्म ‘केटिना’ बाट निकालेकी छन् । दिशाले सन् २०१९ मा फिल्मका लागि हस्ताक्षर गरेकी थिइन् । फिल्मको सुटिङ कोरोनाअघि नै सुरु भएको थियो । यो फिल्मका लागि दिशाले ८ दिनको सुटिङ गरेकी थिइन् । तर कोरोना सुरु भएपछि फिल्मको काम रोकियो ।

लकडाउन पछि दिशा र निर्माताबीच केही कुरामा असहमति भयो र निर्माताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय लिए । एकताले यो फिल्मका लागि तारा सुतारिया र श्रद्धा कपूरसँग कुराकानी गरेकी छन् । यी दुवैले यसअघि पनि एकताको प्रोडक्सन हाउसको फिल्ममा काम गरिसकेका छन् ।

एकता निकट स्रोतका अनुसार दिशाले एकताको प्रोडक्सन हाउसलाई काम गर्नका लागि शर्त राखेपछि एकता रुष्ट बनेकी थिइन् । दिशाले क्रिएटिभ मामलाका अलावा अन्य विषयमा शर्त राखेकी थिइन् । लकडाउन खुलेपछि पनि विवाद बढ्दै गएपछि एकताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय लिइन् ।

‘केटीना’ एकताको वास्तविक जीवनमा आधारित फिल्म हो । त्यहीकारण उनी यो फिल्मसँग नजिक छिन् । यसका लागि उनी सबै कुरा उत्कृष्ट चाहन्छिन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १० घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १० घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ११ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved