Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘मह’ बाट धेरै कुरा सिक्न पाएँ– अञ्जना

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाली रजतपटमा बर्षेनी थुप्रै नव कलाकार भित्रिने गर्दछन् । तीमध्ये कति सफल हुन्छन् भने कति बीचमै हराउँछन् । यहि क्रममा अरुण क्षेत्री र अञ्जना बराइलीको पनि नेपाली फिल्म क्षेत्रमा प्रवेश भएको छ । यी दुवै ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरूष’ बाट भित्रिएका हुन् । फिल्ममा उज्वल भबिस्यको सपनासहित कलाकारितामा भित्रिएका दुबैको सपना भने एउटै छ । त्यो हो सफल र ब्यवसायी कलाकार बन्ने ।

‘महापुरूष’ ले रिलिजको दिन देखि नै राम्रो ब्यवसाय गरेकोले उनीहरुको सपना केहीहदसम्म पुरा हुने बाटोमा रहेको अनुमान गर्न सकिन्छ । बाल्यकालदेखि नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठुलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुण फिल्ममा हरिवंशको कान्छो छोरा र अञ्जना मदनकृष्णकी छोरीको भूमिकामा छन् । ‘आफ्नो आइडल कलाकारसँग अभिनयमा डेब्यु गर्न पाउँदाको खुसी व्यक्त गर्ने शब्द नै मसँग छैन’, अरुणले भने । अरुण फिल्ममा अडिसन मार्फत छानिएका हुन् ।

त्यस्तै मोडलिङ र म्युजिक भिडियोमा अभिनय रमाइरहेकी अञ्जना पनि अडिसन मार्फत फिल्ममा छानिएकी हुन् । ‘मैले केहि फिल्म अभिनयका लागि अडिसन पनि दिएकी थिएँ’ उनले भनिन्, ‘मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा निकै खुसी छु ।’ ‘क्यारेक्टर बाच्न उहाँहरूमार्फत सिके । सरलता, सामिप्यता, सहयोगी भावले हामी जस्ता नयाँ कलाकारलाई धेरै हौसला र उर्जा थप्छ’, उनले थपिन्–‘छायाङ्कन अवधिभर अभिभावकको कमि महसुस भएन ।’

सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरुष’ मह, अन्जना, अरुको अलवा गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।
फिल्ममा प्रदीप भट्टराईको लेख्न, निर्देशनमा तयार भएको हो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १३ घण्टा अगाडि
724039177_1585427129613901_371424794007803053_n

विश्वकप : जापान र नेदरल्यान्डसबीचको खेल बराबरीमा

  • १३ घण्टा अगाडि
trump_ZE7MLMMUU5-1024x543

अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’

  • १३ घण्टा अगाडि
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved