Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जानुहुने भएको छ । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुई दिने भ्रमण गर्न लागेका हुन् । बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । विदेशमन्त्री बिलावल भुट्टो जरदारीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री सरिफले चीन भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

 

“प्रधानमन्त्रीले राष्ट्रपति सीलाई भेट्ने र प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् । दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नाका साथै रणनीतिक सहयोग एवम् साझेदारीको समीक्षा गर्नेछन् । पाकिस्तान र चीनले क्षेत्रीय र विश्वव्यापी विकासका बारेमा विचार पनि आदानप्रदान गर्नेछन्,” पाकिस्तानी विदेश मन्त्रालयले भ्रमणबारे जानकारी दिँदै भनेको छ ।

विदेश मन्त्रालयले प्रधानमन्त्री शरीफको यो भ्रमण दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको निरन्तरता भएको पनि बताएको छ । द्विपक्षीय सहयोग अभिवृद्धि गर्न भ्रमण फलदायी हुने अपेक्षा पनि उक्त मन्त्रालयले गरेको छ । पाकिस्तान–चीन सम्बन्धलाई सुदृढ तुल्याउने सेतुका रूपमा बहुअर्ब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर चिनियाँ सहयोगमा निर्माणाधीन छ । अन्य तीनवटा यस्तै परियोजना भित्र्याउने सोचमा पाकिस्तान रहेको र त्यस विषयमा चीनसँग पाकिस्तानले प्राथमिकताका साथ छलफल गर्ने समाचार केही समयअघि सार्वजनिक भएका थिए ।

पाकिस्तानको प्रधानमन्त्री भएपछि शहबाजले पहिलोपटक चीन भ्रमण गर्दै छन् । चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनपछि चीन भ्रमण गर्ने पहिलो नेता पनि पाकिस्तानी प्रधानमन्त्री भएका छन् । महाधिवेशनले पार्टी महासचिवका रूपमा सीलाई तेस्रो कार्यकालका निम्ति चयन गरेको छ । महासचिवमा भएको निरन्तरतासँगै उनले चीनको राष्ट्रपतिको तेस्रो कार्यकाल सम्हालेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १२ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १२ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved