Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चितवनमा ‘महापुरूष’ को प्रिमियर, उत्साहजनक प्रतिक्रिया

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

फिल्म ‘महापुरूष’ ले चितवनमा प्रिमियर गरेको छ । ‘मोफसल प्रिमियर’ अन्तर्गत मंगलवार चितवनस्थित सिनेप्लेक्समा प्रिमियर भएको हो । दुवै पर्दामा भएको प्रिमियरमा चार सय दर्शकले फिल्म हेरेका छन् । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले मोफसलका सञ्चारकर्मी र फिल्मप्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए ।

 

‘प्रिमियरबाट पाएको प्रतिक्रिया उत्साहजनक छ । चितवनमा प्रिमियर हुँदा स्थानीय पनि उत्साहित हुनुहुन्छ । हामीले मोफसलमा देखाएका हौँ’, बानियाँले भने ।
चितवन प्रिमियरमा निर्माता बानियाँसँगै निर्देशक तथा लेखक प्रदीप भट्टराई सहभागी रहे। आफ्नो फिल्मको मोफसलमा प्रिमियर गर्ने रहर पूरा भएको निर्देशक भट्टराईले बताए । ‘मेरो फिल्म मोफसलमा पनि प्रिमियर गरौँ भन्ने चाहना थियो । त्यो यसपटक पूरा भयो’, निर्देशक भट्टराईले भने । फिल्मकै काममा अल्झिने हुँदा मोफसलमा यसअगाडि यस्ता इभेन्ट गर्न नसकिएको उनले बताए ।

बुधवार इटहरीमा प्रिमियर हुँदैछ । पूर्वाञ्चलका दर्शकलाई लक्षित गर्दै इटहरीमा रहेको इलाइट सिनेमामा फिल्मको प्रिमियर गर्न लागिएको हो । इटहरीमा हुने प्रिमियरमा कार्यकारी निर्माता बानियाँ र निर्देशक भट्टराईसँगै अरुण क्षेत्री र अन्जना बराइलीसमेत सहभागी हुनेछन् । ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्मको शो समयसमेत मल्टिप्लेक्सहरूमा प्रकाशित हुन थालेको छ । फिल्मको अनलाइन टिकेट बुकिङ गर्न सकिनेछ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहिँ फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराइलीले डेब्यु गर्दैछन् ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ दिन अगाडि
724039177_1585427129613901_371424794007803053_n

विश्वकप : जापान र नेदरल्यान्डसबीचको खेल बराबरीमा

  • १ दिन अगाडि
trump_ZE7MLMMUU5-1024x543

अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’

  • १ दिन अगाडि
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved