युक्रेनमा रहेको रुसी सुरक्षा बलका कमाण्डरले देशको दक्षिणी सहर खेरसनको अवस्था ‘कठिन’ रहेको र त्यहाँका मानिसलाई बाहिर निकाल्नुपर्ने बताएका छन् । जनरल सर्गेई सुरोविकिनले युक्रेनी सेनाले सहरका पूर्वाधार र घरहरूलाई निशाना बनाएर हिमार रकेट प्रयोग गरिरहेको बताए । रुसको सरकारी टेलिभिजन च्यानलसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।





‘रूसी सेनाले त्यहाँ बस्ने मानिसलाई सुरक्षित बाहिर निकाल्नेछ,’ उनले भने । उनको यो भनाइलाई अर्का शीर्ष रुसी अधिकारीले पनि दोहोर्याए । रुसले नियुक्त गरेको क्षेत्रीय अधिकारी किरिल स्त्रेमोसोवले खेरसोनमा बसिरहेका मानिसलाई यस शहरमा निकै छिट्टै युक्रेनको सेनाले तगडा हमला बताएका छन् ।

उनले टेलिग्राम मेसेजिङ सर्भिसमा पठाएको सन्देशमा भनेका छन्, ‘कृपया मेरो कुरालाई गम्भीरतापूर्वक लिनुहोस् । म यहाँबाट जतिसक्दो चाँडो मानिसहरूलाई सुरक्षित राख्ने कुरा गरिरहेको छु ।’ नाइपर नदी किनारमा बसोबास गर्ने जनता सबैभन्दा बढी जोखिममा रहेको उनले बताए ।
रुसले यस क्षेत्रमा भ्लादिमिर साल्डोलाई गभर्नर नियुक्त गरेको छ । साल्डोले पनि भिडियो सन्देशमार्फत यो खतरालाई स्वीकार गरेका छन् । खेरसन युक्रेनको प्रमुख शहरहरू मध्ये एक हो, जुन यस वर्ष फेब्रुअरीमा भएको आक्रमणपछि रुसले कब्जा गरेको थियो ।
पछिल्ला केही सातादेखि युक्रेनी सेनाले आफ्नो वरपरका क्षेत्रहरू पुनः नियन्त्रण गर्न द्रुत गतिमा प्रयास गरिरहेको छ ।
जनरल सुरोविकिनले भने, ‘यो विशेष सैन्य क्षेत्रको अवस्थालाई कठिन भन्न सकिन्छ ।’
रुसले अहिले खेरसन र युक्रेनी अन्य तीन भूभागमा आफ्नो नियन्त्रण दाबी गरेको छ । तर, यो दाबीलाई अन्तर्राष्ट्रिय रूपमा अस्वीकार गरिएको छ ।
यद्यपि, जनरल सुरोभिकिनले उद्धृत गरेका कठिनाइहरूको बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गरेको छैन ।








