Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

युक्रेनको सीमामा रुसी सेनाको प्रशिक्षण शिविरमा आक्रमण, ११ सैनिकको मृत्यु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

रुसी सेनाको तालिम स्थलमा दुई सशस्त्र आक्रमणकारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । युक्रेनी सीमा नजिकैको बेलगोरोड मैदानमा यो तालिम चलिरहेको थियो । सरकारी समाचार एजेन्सी आरआईएका अनुसार हतियार प्रशिक्षणको क्रममा दुई जनाले त्यो समूहमाथि गोलीबारी सुरु गरेका थिए जसले युक्रेनमा युद्ध लड्नका लागि स्वयंसेवा गरिरहेका थिए ।

 

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत संघको कुनै देशका नागरिक भएको बताएको छ । तर, उनीहरु बारे धेरै जानकारी दिइएको छैन । जवाफी फायरिङमा सिपाहीहरूले दुवै आक्रमणकारीलाई मारेका थिए।

यस आक्रमणमा १५ जना घाइते भएका छन् ।

आरआईएले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘स्वयंसेवकहरूलाई विशेष सैन्य अभियान (युक्रेनविरुद्ध) मा सामेल हुन हतियार तालिम दिँदै गर्दा आतंकवादीले युनिटका मानिसमाथि हमला गरेका थिए ।’ ‘यो गोलीबारीमा ११ जनाको मृत्यु भएको छ र अन्य १५ जना गम्भीर घाइतेलाई अस्पताल पठाइएको छ,’ मन्त्रालयले भन्यो ।

आक्रमणकारी बारे दाबी

गत महिना रुसी राष्ट्रपतिले यसअघि सेनामा रहेका वा तालिम लिएका करिब तीन लाख मानिसलाई युद्धका लागि तयार रहन भनेका थिए ।

यो आदेशपछि रुसका धेरै क्षेत्रमा हलचल मच्चिएको छ र विरोध प्रदर्शन भएको छ । धेरै सहरका मानिसहरू रुस छोडेर अन्य देशहरूमा भाग्न थाले ।

अक्टोबरको सुरुमा रक्षामन्त्री सर्गेई शोइगुले दुई लाखभन्दा बढी मानिस मिसनमा सामेल हुन चाहेको बताएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले एक अन्तरवार्तामा आक्रमणकारीहरू मध्य एसियाली देश ताजिकिस्तानका थिए र धर्मको नाममा विवाद भएपछि गोली चलाएको बताए ।

ताजिकिस्तान एक मुस्लिम बाहुल्य देश हो जबकि रूसका आधाभन्दा बढी मानिसहरू विभिन्न विश्वासका साथ ईसाई धर्मलाई पछ्याउँछन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपतिले फेब्रुअरीमा युद्ध सुरु गरेयता करिब ६५ हजार रुसी मारिएका छन् । यो संख्या रुसको आधिकारिक आँकडा भन्दा १० गुणा बढी हो । रूसको आधिकारिक तथ्याङ्क अनुसार, यो संख्या ५९३७ हो । यसैबीच, अगस्टमा अमेरिकाले युद्धमा अहिलेसम्म रुसका ७० देखि ८० हजार सैनिकमा हानी पुगेको दाबी गरेको थियो । जसमा घाइते र मृतक दुवै सैनिक छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved