पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्कोसँगै वेब सिरिजको निर्माणमा पनि वृद्धि भएको छ । यस्तैमा एसियन म्युजिकले नयाँ सिरिज ‘लभ नम्बर २२’ निर्माण गरेको छ ।
युवापुस्ताको विषयवस्तु समेटेर ‘लभ नम्बर २२’ निर्माण भएको हो । सरिन पोखरेलको कथा र निर्देशन रहेको सिरिजमा अमृत ढुंगाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णीमा खतिवडा लगायतका कलाकारको अभिनय छ ।





आइतबारदेखि प्रसारण सुरु हुने सिरिजमा दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्देशक सरिन पोखरेलले बताए । संकल्प भुजेलले छायाँकन र कृष्ण भण्डारीको सम्पादन रहेको सिरिजका बसन्त अधिकारी एसोसिएट निर्देशक हुन् भने, निर्मातामा खगेन्द्र श्रेष्ठ र दीपेन्द्र तामाङ रहेका छन् ।









