युक्रेनको वायुसेना कमाण्डका प्रवक्ता युरी इहनतले युक्रेनी सेनाले मंगलबार बिहान चारवटा रुसी मिसाइल खसालेको दाबी गरेका छन् । इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीका अनुसार क्षेप्यास्त्र आक्रमण स्थानीय समय अनुसार बिहान ७ बजेदेखि सुरु भएको थियो।





इहनतका अनुसार युक्रेनी सेनाले मिसाइलहरू खसाल्न उड्डयन, वायु रक्षा सेना र वायु रक्षा प्रणाली प्रयोग गरेको थियो। कीभमा क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सी कुलेबाले पनि टेलिग्राममा कीभको हवाई क्षेत्रमा दुईवटा मिसाइलहरू खसालेको जानकारी दिएका छन् ।









