Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

आफ्नो मृत्युको खबरबारे के भन्छन् उदित नारायण ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

बलिउडका चर्चित गायक उदित नारायणको हृदयघातको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो खबर आएपछि उदितका फ्यानहरु निकै चिन्तित बनेका छन् । मानिसहरु उनको स्वास्थ्य कस्तो छ भन्ने जान्न चाहिरहेका छन् । यसअघि नै उदित नारायणका म्यानेजरले हृदयघातको खबरलाई अस्वीकार गरेका थिए ।

 

यता उदित नारायणले नै सञ्चारमाध्यमसँगको कुराकानीमा सो समाचार गलत भएको बताए । उनले भने-‘हार्ट अट्याकको खबर सरासर गलत हो, म धेरै हाँस्छु भने मलाई कसरी हार्ट अट्याक हुन्छ ?’

गायकले थप भने- ‘म हाँस्दै छु, दसैँको अवसरमा यस्ता नकारात्मक हल्लाले मेरो उमेर बढाएको छ । हिजो मात्र दिपालीले मलाई फोन गरेर भनिन्, तिम्रो लागि एउटा नराम्रो खबर छ, मानिसहरूले मलाई फोन गरेर, मेसेज गर्दै तिम्रो हृदयघातको बारेमा सोधिरहेका छन् ।’

उदित नारायणले धेरै पटक मानिसहरुका बारेमा यस्ता अफवाहहरु फैलिने गरेको बताउँदै यस्तो सुन्दा दु:ख लाग्ने बताए । उनले भने, ‘मैले बुझिनँ किन कसैले यस्तो गरेको होला।’

उदित नारायणका म्यानेजरले भने, ‘हामीलाई लाग्छ यो अफवाह नेपालबाट फैलिएको हो । किनभने जुन नम्बरबाट यो म्यासेज पठाइएको छ, त्यसको कोड नेपालको हो।’ यो अफवाहका कारण गायक आफैं पनि निकै दु:खी भएको म्यानेजरले बताए । उनका अनुसार उदित नारायण अहिले पूर्णरुपमा स्वस्थ छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १३ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १३ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १३ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved