Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाब वृद्धि भएपछि तालिबानले अफगानिस्तानमा पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

 

अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि लागू भएको छ । तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रुपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको छ । यो आदेश तालिबानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एशोसिएशनलाई जानकारी गराएको थियो ।

यस आदेश अनुसार, स्थानान्तरण, व्यापार र मुद्रा विनिमय सहित सबै वित्तीय लेनदेनहरूलाई सीमित मात्र नगरी निषेधित गरिएको छ ।प्रतिवेदनमा मुद्रा सटही डिलरलाई पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ ।

तोकिएको रकमभन्दा बढी रकम फेला परेमा डिलरलाई कानुनी कारबाही हुन सक्छ । गत वर्षको अगष्टमा तालिवानले सत्ता कब्जा गरेयता दुई देशबीचको सम्बन्धमा विभिन्न कारणले तिक्तता आएको छ, जसमा बढ्दो सीमा सङ्घर्ष र पाकिस्तानमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को पुनः उदय पनि समावेश छ ।

हालै तालिबानले पाकिस्तानले भूपरिवेष्टित देशमा आफ्नो हवाई क्षेत्र अमेरिकी ड्रोनले प्रयोग गर्न अनुमति दिएको आरोप लगाएको थियो । अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणका लागि अनुमति दिएबापत पाकिस्तानले ठूलो रकम प्राप्त गरेको तालिबान समूहले दाबी गरेको छ ।

जुलाई ३१ मा, संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा एक सटीक प्रतिआतंकवाद आक्रमण गरेको थियो जसमा ओसामा बिन लादेनका सहायक र अल–कायदाका नेताको उत्तराधिकारी अयमान अल–जवाहिरीको मृत्यु भएको थियो ।

यसैबीच, पाकिस्तानले टीटीपीले आक्रमण पुनः सुरु गर्नुमा तालिवान शासनलाई दोषी ठह¥याएको छ जसले देशको सुरक्षा स्थितिलाई अझ खराब बनाएको छ । पाकिस्तानमा यो वर्ष एकै महिनामा सबैभन्दा धेरै आतङ्कवादी घटना सेप्टेम्बरमा भएको सञ्चारमाध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १३ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १४ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved