चितवन,


अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल) चितवन आउने भएका छन् । अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो ।




अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा नेपाल निम्त्याएको हो । यसै अन्तर्गत चितवनस्थित लाइम एण्ड लेमन लाउञ्ज क्याफे, भरतपुरमा यही भाद्र ८ गते (अगष्ट २४) का दिन बेलुकी ठीक ६ देखि ८ अर्थर गनको लाइभ प्रस्तुति हुने भएको छ ।
कार्यक्रम हुनुभन्दा २ सातादेखि नै टिकट बिक्री गरिएको यस कार्यक्रमको पहिलो चरण र विद्यार्थी सहुलियतका टिकटहरु बिक्री भइसकेका छन् भने दोस्रो चरणका केही टिकटहरू मात्र बाँकी रहेको आयोजकले जनाएको छ ।
लाइभ सुरु हुने दिन २४ तारिक दिउँसो २ बजेदेखि नै टिकट बिक्री वितरण बन्द गरिने भएकोले अग्रिम टिकटसहित कार्यक्रममा उपस्थित हुनको लागि चितवनवासी संगीत प्रेमी दर्शकलाई आयोजकले अनुरोध गरेको छ ।








