Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गण्डकीमा मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

गण्डकी प्रदेशमा आवश्यक मध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ ।

 

वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृषि विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए ।

 

“गण्डकीका एघार वटै जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास श्रोत केन्द्रले विशेष गरी बीउ खाद्यान्न तथा तरकारी बालीका विभिन्न प्रजातिका बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएको छ”, उनले भने, “हाल गण्डकी प्रदेशभित्र बीउ उत्पादनका लागि सूचीकृत भएका समूह सहकारी तथा निजी क्षेत्रले उत्पादन गरेको बिउले मात्र ३० प्रतिशत माग धानेको छ ।” थप आवश्यक बीउ अन्यत्रबाट मगाउने गरिएको छ । अधिकांश कृषकले पुरानै बीउ र हाईब्रिड बीउ प्रयोग गर्दै आएका छन् ।

कृषक समूह, सहकारी तथा निजी क्षेत्रको अलावा गण्डकीमा सङ्घीय कार्यालयअन्तर्गत मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रले विशेष गरी रायो, मुला, गाँजर, बन्दा, काउली, आलुलगायतको बीउ उत्पादन गर्दै आएको रेग्मीले बताए । गुणस्तर जाँच्न प्रदेशस्तरीय बीउ बिजन प्रयोगशाला रहेको छ । गण्डकीमा खाद्यान्न तथा तरकारी बालीको श्रोत बीउ उत्पादनका लागि कृषि अनुसन्धान निर्देशनालय लुम्ले र बागवानी अनुसन्धान केन्द्र मालेपाटन पोखरा रहेको छ ।

आवश्यकता र सम्भावना अनुसार गण्डकीमा खाद्यान्न तथा बालीको श्रोत बीउको उत्पादन, प्रशोधन तथा बजारीकरणसम्बन्धी काम सञ्चालन तथा सहजीकरण गर्न साविकको रेशम विकास कार्यक्रम वालिङ, स्याङ्जाको कार्य विवरण थप गर्दै कृषि विकास श्रोत केन्द्र स्थापना भएको छ । “गण्डकी सरकारको आव २०७६/७७ को नीति तथा कार्यक्रमले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण र सिँचाइको सुनिश्चितता गरी उत्पादन र उत्पादकत्व बढाउने गरिएको छ” उनले भने, “तीन वर्षमा मुख्य मुख्य उत्पादनमा आत्मनिर्भर हुने र पाँच वर्षमा खाद्यान्न उत्पादन दोब्बर बनाउने लक्ष्यकासाथ काम भइरहेको छ ।”

लक्ष्य प्राप्तिका लागि गुणस्तरीय बीउको प्रयोगमा ध्यान दिएमा मात्रै २० देखि २५ प्रतिशत बालीको उत्पादन वृद्धि हुने रेग्मी बताउछन् । बीज वृद्धि कार्यक्रमका लागि गण्डकीमा ६१ कृषक समूह, सहकारी तथा निजी क्षेत्र मुल बीउ तथा उन्नत बीउ बिजन उत्पादनका लागि सूचीकृत छन् । सबैभन्दा धेरै स्याङ्जामा मात्रै खाद्यान्न तथा तरकारी बालीका २१ समूह र सहकारी छन् । गण्डकीको कूल भूमिमध्ये २२ दशमलव २ प्रतिशत भू–भाग खेतीयोग्य छ । प्रदेशमा चार लाख ८७ हजार ८२३ हेक्टर क्षेत्रफलमध्ये ७६ प्रतिशत जमिनमा मात्रै खेती गरिएको छ । बाँकी जग्गा बाँझो रहेको रेग्मीले जानकारी दिए ।-रासस

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved