Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विवाह गरेको ५४ वर्षपछि ७० वर्षको उमेरमा जन्माए पहिलो सन्तान

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

भारतको राजस्थान राज्यका एक पाका जोडीले विवाहको ५४ वर्षपछि भर्खरै पहिलो सन्तानलाई स्वागत गरेका छन् । यससँगै उनीहरू इतिहासमा सबैभन्दा पाको उमेरमा बच्चा जन्माउने वृद्ध जोडीमध्ये एक भएका छन् ।

 

७५ वर्षीय गोपीचन्द र उनकी ७० वर्षीया श्रीमती चन्द्रावती लामो समयदेखि सन्तान जन्माउने प्रयासमा थिए तर उनीहरुको सपना पूरा भएन । वर्षौंसम्म उनीहरूले अनगिन्ती अस्पताल र क्लिनिकहरू धाए, विभिन्न उपचार र प्रक्रियाहरू पार गरे, तर त्यसले केही रङ ल्याएन । करिब डेढ वर्ष अघि, गोपीचन्दले आफ्नी श्रीमती गर्भवती हुने सम्भावना बारे बुझ्न अलवरको इन–भिट्रो प्रजनन क्लिनिकमा सम्पर्क गरे । महिलाको पाको उमेर चिन्ताको विषय थियो, तर पछिल्ला सफलताका कथाहरू थिए । यसअघि ग्रामीण गुजरातकी जिभुवेन भलाभाइ रबारीले पनि ७० वर्षको उमेरमा स्वस्थ छोरा जन्माएकी थिइन् । दुईपटकको विफल आइभीएफपछि चन्द्रावती अन्ततः गर्भवती भइन् र हालै एक स्वस्थ छोरा जन्माइन् ।

‘चन्द्रावती नौ महिनाअघि आइभीएफमार्फत् तेस्रो प्रयासमा गर्भधारण गर्न सफल भइन् । अत्यधिक खुसीको माहौल थियो तर आमाको बढ्दो उमेर डरको सबैभन्दा ठूलो कारण थियो । तर गत सोमबार उनले एक स्वस्थ छोरा जन्माइन्,’ आइभीएफ विज्ञ डा. पंकज गुप्ताले भने ।

पूर्व सेना तथा नयाँ पिताले आफ्नो छोरालाई पहिलो पटक समात्दाको क्षणमा आँसु रोक्न सकेनन् । उनले पत्रकारसँगको कुराकानीमा आफू आफ्नो परिवारको एक्लो छोरा भएकोले आफ्नो नाम छोरालाई हस्तान्तरण गर्न पाउँदा अत्यधिक खुसी भएको बताए । उनीहरुले पछिल्लो १९६८ देखि सन्तान जन्माउन प्रयास गरिरहेका थिए ।

 

‘देशभर यो उमेरमा बच्चा जन्माउनेको संख्या निकै कम छ,’ डा. गुप्ताले भने । ‘राजस्थानमा ७५ वर्षीय पुरुष र ७० वर्षीया महिलाले बच्चा जन्माएको यो पहिलो घटना हो ।’

चाखलाग्दो कुरा के छ भने, गोपीचन्द र चन्द्रावती देवी ७० वर्षको उमेरमा आइभीएफमार्फत् आमाबाबु बन्ने अन्तिम जोडी हुनसक्छन् किनकि यस वर्षको जुलाईमा लागू भएको नयाँ कानूनले आइभीएफ बाँझोपन केन्द्रहरूलाई ५० वर्षभन्दा माथिका महिला र पुरुषहरूलाई उपचार उपलब्ध गराउन निषेध गरेको छ । कानुन लागु हुनु अघि नै बच्चा जन्माउन पाउनु उनीहरुको भाग्यकै कुरा हो ।

विश्वभर पाको उमेरमा सन्तान जन्माउने महिला पनि भारतकै थिइन् । सन् २०१९ मा ७४ वर्षकी माङ्गायामले आइभीएफ विधिमार्फत् स्वस्थ्य जुम्ल्याहा छोरी जन्माएकी थिइन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved