Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

साउन ३१ मा चितवनमा ‘कृष्ण लीला’ को फ्रि कन्सर्ट

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

भगवान श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अबसर पारेर भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत चलचित्र ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । प्रदर्शन मिति नजिकीदै जादा प्रचारप्रशारमा ब्यापकता दिइरहेको ‘कृष्ण लीला’ को कलाकारसहितको टिमले साउन ३१ अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि कन्सर्ट गर्न लागेको जानकारी निर्देशक दीपक ओलीले दिएका छन् ।

 

ओएसीस एजुकेशन (अष्ट्रेलीयन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा ‘कृष्ण लीला’ का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात अभिनेत्री श्रद्धा क्षेत्री,‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रबिन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर..’ का गायक रबि ओड र गायिका सुनीता कार्की,कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी,प्रस्तुतकर्ता रोहित कट्टेल,कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतको टोलीले चितवनवासीलाई झुमाउने छ ।

 

चितवनका दर्शकहरुको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागीएको र समय मिलेसम्म देशका अन्य शहरमा समेत कन्सर्ट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । द पोजेटिभ इभेन्ट्सले ब्यबस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा,अकीवा वाइन,सिजी ल्याण्डमार्क,फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन,लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिटलगायत छन् । कन्सर्टमा हजारौं दर्शक सहभागी हुने प्रक्षेपण गरिएको छ ।

आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्रका साथमा हिउँवाला गौतम,नवीन रेग्मीलगायत थुप्रै कलाकारले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मका ‘त्यो कथामा’ र ‘ए मेरो हजुर’ गीत अहिले निकै चर्चित छन् । रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । गीतसंगीत,पोस्टर अनि ट्रेलरबाट समेत पाएको चर्चा र चासोका कारण ‘कृष्ण लीला’ लाई यो बर्षको प्रतिक्षीत फिल्ममा राखिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • ११ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • ११ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • ११ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved