Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सलमान रुस्दीमाथिको आक्रमणले बलिउड स्तब्ध : कंगना, स्वारा र जावेदले गरे निन्दा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । भारतीय मूलका बेलायती लेखक सलमान रुस्दीमाथि शुक्रबार न्यूयोर्कमा आक्रमण भयो । आक्रमणपछि उनको स्थिती गम्भिर रहेको र भेन्टिलेटरमा राखिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

सलमानका एक एजेन्टले बताएअनुसार गम्भीर चोटको कारण लेखक रुश्दीले एउटा आँखा गुमाउन सक्छन् । उनको हातमा पनि चोट आएको र कलेजोमा पनि क्षति पुगेको जनाइएको छ ।

 

आक्रमणको विरोधमा विश्व नेताहरुसँगै बलिउड सेलेव्रिटी पनि उत्रिएका छन् । रुश्दीमाथि भएको हमलाको विरोधमा केही भारतीय सेलेव्रिटीले सामाजिक संजालमार्फत प्रतिक्रिया दिएका छन् ।

अभिनेत्री कंगना रनावतले एक न्यूजि लिंक सेयर गर्दै लेखेकी छन्, ‘अर्को एक दिन र आतंकवादीको अर्को एक घिनलाग्दो काम । द सैटनिक वर्सेज हाम्रो समयको एक उत्कृष्ट पुस्तक हो । म भित्रैदेखि यति स्तब्ध छु कि भन्नलाई केही शब्द छैनन् । निकै घिनलाग्दो कार्य ।’

 

बलिउडका प्रसिद्ध गीतकार जावेद अख्तरले पनि आक्रमणलाई बर्बर बताएका छन् । उनी लेख्छन, ‘म केही कट्टरपन्थीले सलमान रुश्दीमाथि गरेको आक्रमणको निन्दा गर्छु । मलाई आशा छ, न्यूयोर्क प्रहरी र अदालतले आक्रमणकारीलाई कडा कार्वाही गर्नेछ ।’

जावेदकी पत्नी तथा अभिनेत्री शबाना आजमीले पनि हमलाको निन्दा गर्दै लेखेकी छन्, ‘मलाई आशा छ, उनी चाँडै निको हुनेछन् र कट्टरपन्थी आक्रमणकारीलाई कडा कार्वाही हुनेछ ।’ अधिकांश मुद्दामा चासो राख्ने स्वारा भास्करले पनि हमलाको निन्दा गरेकी छन् ।

न्यूयोर्क प्रहरीले विज्ञप्ति जारी गर्दै आक्रमणकारीको नाम हादी मतार हो र उसको उमेर २४ वर्ष छ । ऊ न्यूजर्सीमा बसोबास गर्ने प्रहरीको भनाई छ । अहिलेसम्म आक्रमणको कारण खुलेको छैन र आक्रमणकारीलाई हिरासतमा लिइएको छ ।

सन् १९८८ मा रिलिज भएको रुश्दी लिखित पुस्तक ‘द सैटनिक भर्सेज’ रिलिज भएलगत्तै इरानी सर्वोच्च धर्मगुरु अयातुल्लाह खुमेनीसहित केही इस्लामिक संगठनले प्रतिबन्धको घोषणा गरेका थिए । केही मुस्लिम संगठनले यो पुस्तकलाई पैगम्बर मोहम्मदको अपमान भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved