Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

लोकाहा पुलदेखि पूर्व गोरे घुम्तीसम्म ए.वि.सि.कभर्ड तार तान्ने स्थानीय बिच सहमति

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

देवचुली,

नवलपुरको कावासोती लोकाहा पुलदेखि पूर्व देवचुली नगरपालिकाको गोरे घुम्तीसम्म ए.वि.सि.कभर्ड तार तान्ने स्थानीय विच सहमति भएको छ । मंगलबार देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, आयोजना डिभिजन प्रमुख विनोद पन्थी र स्थानीय बिचमा भएको छलफलमा उक्त कुराको निर्णय गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणको डि.एस.ए.ई.पि.बाट निर्माण गर्न लागिएको ३३ के.भि.लाईनको माथिल्लो लोकाहा पुलदेखि पूर्वतर्फ करिब ८०० मिटरको क्षेत्रमा निर्माण कार्यमा स्थानीयले अवरोध गरिएको विषयमा छलफल गरि निर्णय गरिएको हो । उक्त छलफलमा लोकाहा पुलदेखि पूर्वको विशालटारको मूख्य बाटोमा पहिले देखि रहेका पोलहरु रहेकै स्थानमा नयाँ पोल गाडि पुरानो पोल निकालेर ३३ के.भि.र घरमा जाने एल.टि.लाईनलाई कभर्ड तारबाट तान्ने निर्णय गरिएको छ । यसैगरि लाईन निर्माणको क्रममा कुनैपनि स्थानीय व्यक्तिको निजी सम्पतिलाई हानी नहुने गरी निर्माण कार्य गर्ने, त्यस क्षेत्रमा गर्नुपर्ने अन्य विद्युत सुधारका कार्यहरु गर्ने र रत्नेचोकमा रहेको ट्रान्सफर्मर स्थानीयले जग्गा उपलब्ध गराएको स्थानमा सार्ने, लोकाहा पुलदेखि पूर्वको गोरे घुम्तीसम्म ए.वि.सि.कभर्ड तार तान्ने र बाँकी स्थानमा समेत क्रमश कभर्ड तार प्रयोग गरिने स्थानीय र नेपाल विद्युत प्राधिकरण बिच सहमति भएको हो ।

कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठक, सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद खतिवडा, देवचुली वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, कार्यपालिका सदस्य मधुमाया गुरुङ्ग, नेपाल विद्युत प्राधिकरण कावासोतीका प्रमुख अमित कर्ण, विशालटार टोल विकास संस्थाका अध्यक्ष सोम बहादुर सेन्चुरी, घुमाउरी सामुदायिक वनका अध्यक्ष दिपक भट्टराई लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

विशालटारको मुख्य बाटोमा रहेका पोलहरुले विभिन्न दुर्घटना निम्ताएको भन्दै स्थानीयले अबरोध गरि तत्कालै समस्या समाधान गर्न नेपाल बिद्युत प्राधिकरण कावासोतीलाई अनुरोध गरेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १ दिन अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १ दिन अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १ दिन अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved