Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

भगवान शिवको अपमान गरेको भन्दै संजय श्रेष्ठले गरे कमेडी हब बन्द गर्न माग

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

गायक संजय श्रेष्ठले कमेडी श्रृङ्खला ‘कमेडी हब’ मा भगवान शिवको अपमान गरेको भन्दै श्रृङ्खला बन्द गर्न माग गरेका छन् । कमेडी हबले सार्वजनिक गरेको १० औं एपिसोडको ट्रेलरमा भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत भएको क्लिप सार्वजनिक गरेपछि गायक श्रेष्ठ आक्रोशित बनेका हुन् ।

 

‘हामी सनातन धर्म मान्नेहरुका आराध्यदेव भगवान शिवलाई मजाकको पात्र बनाइएको कमेडीको श्रृङ्खला प्रशारण नगरियोस् र तत्काल यस कार्यक्रमका सम्बन्धितहरुले यो धृष्टताको लागि सार्वजनिक रुपमा माफी मागोस्’ संजयले सामाजिक संजालमा अगाडि लेखेका छन् ‘अन्यथा हामी सनातन धर्म मान्नेहरु चुप लागेर बस्ने छैनौँ । यो सरासर हाम्रो आस्थामाथिको प्रहार हो ।’

 

सञ्चार मन्त्रालय, गृह मन्त्रालय तथा संस्कृति मन्त्रालयले पनि यो धार्मिक आस्था माथिको प्रहारको लागि छानबिन गर्नुपर्ने र गल्ती गर्नेहरुलाई सजाय दिनु पर्ने श्रेष्ठको धारणा रहेको छ ।

श्रेष्ठले सामाजिक संजालमा शिवमाथि मजाक गरिएको भिडियो पनि शेयर गर्दै हिन्दु धर्मको अपमानको बिरोध गर्दै कारवाहीको माग गर्न सबैमा अपिलसमेत गरेका छन् ।

‘हामी हिन्दु धर्म मान्ने करोडौं नेपालीहरुको आस्था भगवान शिवलाई मजाकको पात्र बनाएर ‘कमेडी हब’ नाममा उच्छृङ्खलता पस्किने यस्तो नाजायज हिम्मत कसरी गरिन्छ र गरिएको छ ? हिम्मत छ कुनै अरु धर्म र उनीहरुको देव देवीहरूलाई यसरी मजाकको पात्र बनाउने ?’ श्रेष्ठले थपेका छन्, ‘९० प्रतिशत हिन्दु भएको यो देशमा यसरी भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत गर्दा पनि खै कहाँ छन शिव सेना र विश्व हिन्दु परिषद ?’

श्रेष्ठले कार्यक्रमसँग सम्बन्धित सबैले समस्तलाई हाम्रो इष्ट देवको अपमान गरेको अभियोगमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने र श्रृङ्खला पनि हटाउनु पर्ने मागसमेत गरेका छन् । उनले यस बिषयमा शिव सेनालगायत विश्व हिन्दु परिषद्को ध्यानाकर्षण समेत गराएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • २ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • २ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • २ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved