Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नवलपुरमा पानीमा डुबेर दुईजनाको मृत्यु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नवलपुरमा शनिबार पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ भने एकजनालाई जिवितै उद्धार गरिएको छ । कावासोतीमा भएका दुई घटनामा दुईजनाको मृत्यु भएको छ भने गैँडाकोटमा भएको घटनामा जिवितै उद्धार गरिएको हो । मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन् ।

 

कावासोती ४ झोलुङ्गे पुल स्थित पोखरीमा साँझ पौने पाँच बजेतिर पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको हो । देवचुली १० गणेश टोल बस्ने माया सिंजालीको छोरा ६ वर्षको रितिक सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी पौडी खेल्ने क्रममा अचानक डुबि बेपत्ता भएका थिए । अस्थाई प्रहरी पोष्ट शंखदेवबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गरी उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

त्यस्तै कावासोती १४ हेगौलीमा माछा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ । हेगौलीका पुरण चौधरीकी छोरी २ वर्षिया प्रिन्सा चौधरीको मृत्यु भएको हो । आफ्नै घर अगाडी आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबी रहेको अवस्थामा उनको आमाले देखि उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाईएकोमा बिहान पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

यता गैँडाकोट १ ब्रिटिश क्याम्प नजिक नारायणी नदिमा पौडि खेल्ने क्रममा नारायणी नदिले बगाएका युवकको भने उद्धार गरिएको छ । चितवन भरतपुर १० बस्ने २४ वर्षिय सुजन थापालाई उद्धार गरिएको हो । पौडि खेल्ने क्रममा नारायणी नदिले बगाएका उनलाई ईलाका प्रहरी कार्यलय गैँडाकोट र स्थानियको सहायतामा उद्धार गरीएको हो । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • २ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved