Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

आणविक बमका आविष्कारकबारेको फिल्म ‘ओपेनहेइमर’को टिजर रिलिज

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । क्रिस्टोफर नोलन निर्देशित बहुप्रतीक्षित हलिउड फिल्म ‘ओपेनहेइमर’को आधिकारिक टिजर रिलिज भएको छ ।

परमाणु बम आविष्कारकमध्येका एक जो रोबर्ट ओपेनहेइमरमाथि बनेको फिल्ममा सिलियन मर्फीले शीर्ष भूमिकामा अभिनय गरेका छन् । हलिउड स्टुडियो युनिभर्सलले गएराति टिजर सार्वजनिक गरेको हो ।

 

घडीको टिकटिक आवाजसँगै भिडियोमा ठूलो विस्फोटका दृश्य देखिन्छन् । त्यसपछि धेरै पात्रको आवाज सुनिन्छ ।

‘संसार परिवर्तन हुँदैछ । सुधार हुँदैछ । यो तपाईंको क्षण हो,’ यो आवाजसँगै टिजर सुरु हुन्छ । अनि मर्फीको पात्र झ्यालको अगाडि उभिएर टोपी मिलाउँदै हलमा हिंडिरहेको दृश्य देखाइएको छ ।

 

अर्को एक पात्र बोल्छ, ‘तपाईंले उनीहरुलाई आफूलाई नष्ट गर्ने शक्ति दिनुभयो । उहाँलाई अहिलेसम्म बाँचेको सबैभन्दा महत्वपूर्ण व्यक्ति बनाउनुभयो ।’

फिल्म ‘ओपेनहेइमर’ सन् २०२३ को जुलाई २१ मा प्रदर्शन हुँदैछ । यो फिल्मलाई वार्नर ब्रोजले निर्माणपछि थन्काएर राखेको थियो र स्वामित्वको मुद्दा जितेपछि युनिभर्सलले यसलाई प्रदर्शन गर्न लागेको हो ।

फिल्ममा केनेथ ब्राग, माइकल अंगारानो, रोबर्ट डाउने जुनियर, जुनियर म्याट डोमन, एमिली ब्लन्ट लगायतको अभिनय छ । दोस्रो विश्वयुद्धको क्रममा ओपेनहेइमरले आणविक बम विकास गर्न मद्दत गरेपछि संयुक्त राज्य अमेरिकाप्रतिको उनको बफादारीलाई सरकारी अधिकारीहरुले प्रश्न गरेका थिए ।

यो फिल्म सन् २००५ मा पुलित्जर पुरस्कार विजेता पुस्तक ‘अमेरिकन प्रोमेथस : द ट्रिम्फ एण्ड ट्रयाजेडी अफ जुनियर रोबर्ट ओपेनहेइमर’मा आधारित छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved