देवचुली ,


देवचुली नगरपालिकाको समग्र विकासको लागी आज नगर प्रमुख हरिप्रसाद न्यौपाने र संघीय सांसद विनोद चौधरीबीच छलफल भएको छ।




छलफलका क्रममा नगर प्रमुख न्यौपानेले देवचुलीको विकासमा सहयोग गर्न आग्रह गरेका थिए।
यस्तै संघीय सांसद तथा उद्योगपति चौधरी पनि आफ्नो र उद्योगको तर्फबाट नगरको विकास सँगै उद्योगबाट नगरलाई आवश्यक सेवा सुविधाका लागि तयार रहेको नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्लेले अनलाइन सेरोफेरोलाई बताएका छन् । काफ्लेका अनुसार नगरपालिका र उद्योगबीच समन्वयका विविध विषयमा छलफल गरि समृद्ध देवचुली बनाउनका लागी बहस गरिएको छ।
आजको छलफलमा नगर प्रवक्ता काफ्ले सँगै देवचुली १ का अध्यक्ष कृष्णबहादुर केसी, देवचुली २ का अध्यक्ष शरद घिमिरे, देवचुली ३ का अध्यक्ष होमनाथ पौडेल, देवचुली ४ का अध्यक्ष गिरबहादुर थापा र चौधरी उद्योग ग्राम दुम्कौलीका प्रशासकीय प्रमुख रामकाजी सिटौलाको उपस्थिति रहेको थियो।








