Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राजेश हमालले ‘बाबु’को रोल अस्वीकार गर्दा विपिनले बिनासर्त स्वीकारे !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । ५८ वर्षीय अभिनेता राजेश हमालले बाबुको भूमिका गर्न आएको ‘छड्के २’को प्रस्तावलाई नकारे । ५० लाख रुपैयाँ पारिश्रमिकको अफर गर्दा पनि उनी सो भूमिकाका लागि तयार भएनन् ।

तर ५८ वर्षको सोही रोल गर्न ३९ वर्षीय अभिनेता विपिन कार्की बिनासर्त तयार भएका छन् । रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फूलबारी’मा विपिनले बाबुको रोल गर्ने भएका हुन् ।

 

निर्देशक गुरुङ र अभिनेता कार्कीले सो चरित्र गर्ने खबरलाई पुष्टि गरे । ‘अहिलेसम्मको मेरो करिअरमा यो ठूलै चुनौती हो,’ कार्की भन्छन्, ‘त्यो चुनौतीपूर्ण पात्र गर्न म तयार भएको छु ।’ अहिले फूलबारी नामक वर्किङ टाइटलमा काम भइरहेको यो फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र विपिन कार्की मात्र फाइनल भएका छन् ।

सन्तान र अभिभावकबीचको सम्बन्धको कथा पेश गर्ने फिल्ममा विपिनले अवकाशप्राप्त स्कुलका प्रिन्सिपलको भूमिका गर्न लागेका हुन् । विपिनले यो चरित्रमा देखिन आफू मनोवैज्ञानिक रुपमै तयार भइसकेको बताएका छन् ।

 

राजेश हमालले बाबुको भूमिका निर्वाह गर्न ‘छड्के २’ मात्र नभएर यसअघि केही फिल्मबाट आएको अफरलाई पनि नकारेका छन् । तर पहिलो प्रस्तावमै विपिनले अफरलाई स्वीकारेका छन् । यसलाई कलाकार र स्टारबीचको भिन्नताको रुपमा बुझ्ने कि ?

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १३ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १३ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १३ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved