Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

हिरोइन र अभिनेत्रीबीच विभेद गर्दिनँ : मलिका महत

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । फिल्म ‘पानीफोटो’ सम्भवतः मलिका महतको ट्रेण्डसेटर फिल्म बन्न सक्छ । ट्रेलरबाट उनले प्राप्त गरेको प्रतिक्रिया हेर्दा लाग्छ, उनीसँग यसपछि अवसर र चुनौती दुवै छन् ।

शुक्रबार अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै महतले यो फिल्म आफ्नो स्वप्न प्रोजेक्ट रहेको बताइन् ।

 

‘सानैदेखि अभिनयको रुचि मभित्र थियो । तर कहिल्यै पनि हिरोइन बन्छु वा अभिनेत्री बन्छु भनेर सोचिनँ,’ महत भन्छिन्, ‘मलाई एक्टर बन्न मन छ । यो भन्दैमा मलाई मूलधारको फिल्महरु गर्न मन छैन भनेकी होइन । राम्री देखिन मन छैन होइन । मैले कलालाई जहाँ प्रयोग गर्न सक्छु, त्यहाँ चाहिं म फाइन छु ।’

‘यात्रा’बाट फिल्ममा डेब्यु गरेकी महतले उक्त फिल्मको ट्रेलर देखेरै आफूलाई निर्देशक खगेन्द्र लामिछानेले ‘अप्रोच’ गरेको बताइन् । ‘पानीफोटो’मा राधा नामक युवतीको भूमिकामा देखिएकी मलिकाले एक दिनको वर्कसप लिएर आफूहरु छायांकनमा गएको अनुभव सुनाइन् ।

 

उनी भन्छिन् ‘म लास्ट मोमेन्टमा ज्वाइन भएकी हुँ । एक सातामै तयार भएकी हुँ । मेरै लागि भनेर एक दिनको लागि वर्कसप गरेका थियौं । आफूलाई आन्तरिक रुपमा प्रिपेयर गरेकी थिएँ । एक्लै हुँदा पनि उसकै बारेमा सोच्थें । सोच्दासोच्दै पात्रमा आफूलाई ढाल्दै गएँ ।’

 

नेपाली समाज पितृसत्ताले प्रभावित भए पनि पछिल्लो समय नेपाली फिल्ममा महिलाहरुले पाएको स्थान प्रशंसनीय रहेको उनले सुनाइन् । आफूले चरित्र निर्वाह गरेको राधा पात्र बाहिरबाट हेर्दा बलियोजस्तो देखिए पनि आन्तरिक रुपमा भने अर्कै रहेको उनको भनाइ छ ।

‘ऊ निकै रोचक पात्र हो । उसले कतिपय कुरा चाहेर पनि बाहिर देखाउन सकिरहेकी छैन,’ मलिका भन्छिन् ।

अनुप बराल, मेनुका प्रधान र खगेन्द्र लामिछानेको समेत मुख्य भूमिका रहेको फिल्म पानीफोटोले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्न हिंडेको एक दम्पतीको कथा पेश गर्छ । निर्देशक समेत रहेका खगेन्द्रले फिल्ममा प्रमुख चरित्र समेत निर्वाह गरेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved