Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

भारतको नयाँ संसद् भवनमा बनेको राष्ट्रिय प्रतीक चिन्हलाई लिएर किन विवाद भयो ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद् भवनको छतमा बनेको भारतको राष्ट्रिय प्रतीक अनावरण गरेदेखि एक विवाद सुरु भएको छ । भारतको राष्ट्रिय प्रतीकमा रहेका चार एसियाली सिंहहरू देखिन्छन् र ती भारतका विभिन्न स्थानमा भेटिएको मौर्य सम्राट अशोकको स्तम्भहरूमा भेटिन्छ ।

 

ईसा पूर्व २५० मा सम्राट अशोकले यी स्तम्भहरू देशभर स्थापना गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान सामाजिक सञ्जालमा यसको अनावरणको भिडियो शेयर गरे । ६.५ मिटर अग्लो ९५०० किलोको विशाल मूर्ति नयाँ दिल्लीमा बन्दै गरेको नयाँ संसद् भवनको बीचमा राखिएको छ ।

तर भारतको राष्ट्रिय प्रतीकको यो अनावरण अहिले विवादको विषय बनेको छ । नयाँ संसद् भवनमा रहेको राष्ट्रिय प्रतीकको सिंह मौलिक ऐतिहासिक ‘रूप’ भन्दा ‘क्रूर’ देखिएको आलोचकहरू बताउँछन् ।

भारतको विभिन्न भागहरूमा पाइने मौर्य स्तम्भहरूमध्ये पनि वाराणसी नजिकै सारनाथमा यसको स्पष्ट रूपमा देख्न पाइन्छ, जुन अहिले सारनाथको सङ्ग्रहालयमा राखिएको छ । अशोक स्तम्भमा रहेका सिंहहरूलाई जुन रूपमा चित्रण गरिएको छ त्यो सारनाथको स्तम्भमा रहेको सिंहभन्दा बिलकुलै भिन्न रहेको मानिसहरूले बताएका छन् ।

वास्तविक सिंहको अनुहारमा ‘दयालु र सौम्य’ भावनाले भरिएको छ । तर नयाँ संसद् भवनमा बनेको राष्ट्रिय प्रतीकका सिंहहरू ’आक्रामक’ देखिन्छन् ।

भारतका प्रधानमन्त्रीले अर्बौँ खर्चेर अघि बढाइरहेको सेन्ट्रल भिस्टा परियोजना अन्तरगत नयाँ संसद् भवन बन्दै छ । सेन्ट्रल भिस्टा परियोजना अन्तरगत बेलायतले बनाइदिएको भारतको दिल्लीस्थित प्रमुख प्रशासकीय कार्यालयहरूको आधुनिकीकरण गरिदैछ ।

शालिकको अनुहारको भावको अतिरिक्त प्रधानमन्त्री संसद्को कार्यमा उपस्थित भएको कुरामा पनि प्रश्न उठाइएको छ । भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरीले प्रधानमन्त्री नरेन्द्र मोदीको सो कार्यक्रममा उपस्थितिले कार्यपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा आक्रमण भएको बताए ।

प्रधानमन्त्री मोदी कार्यपालिकाका प्रमुख हुन् तर संसद् भवन व्यवस्थापिकाको प्रतीक हो । विभिन्न विपक्षी दलहरूले पनि शालिक अनावरणका लागि आफूहरूलाई नबोलाएको बताउँदै आएका छन् ।

वरिष्ठ पत्रकार मिन्हाज मर्चेन्टले ट्विट गर्दै जसले यी सिंहहरू रिसाएको बनाए उनीहरू फेरी डिजाइन स्कूल पढ्न जानुपर्ने लेखेका छन् ।

राष्ट्रिय जनता दलले ट्विट सिंहको भाव विगारेकोमा आलोचना गरेको छ । ‘ मूल कृतिको सिंहको अनुहारमा कोमलता र अमृतकालमा बनेको मौलिक कृतिको नक्कलको अनुहारमा मानिस खाने प्रवृत्तिको आभास हुन्छ । मानिस, पुर्खा र देशको सबै थोक निल्नुहोस् ,’

केन्द्रीय भिस्टा परियोजना के हो

सेन्ट्रल भिस्टा परियोजनाअन्तर्गत दिल्लीको राजपथको सम्पूर्ण क्षेत्रहरू संसद् भवन तथा केन्द्रीय सचिवालयसहितको पुनर्विकास गरिने भएको छ । यस वर्ष स्वतन्त्रताको ७५औँ वर्षगाँठका अवसरमा नयाँ संसद् भवन तयार हुने अपेक्षा गरिएको थियो । तर काममा केही ढिलाइ भएकाले अब यो अक्टोबरसम्म मात्रै तयार हुने अधिकारीहरूले बताएका छन् ।

विपक्षी दलहरूले यो आयोजनामा भएको खर्चमाथि प्रश्न उठाइरहेका छन् । यो विषय भारतको सर्वोच्च अदालतमा पनि पुगेको थियो तर अदालतले सरकारी निर्माण कार्यलाई हरियो झण्डा देखाइदियो । यो दिल्लीको पावर करिडोरमा हुनेछ, यसको एक छेउमा राष्ट्रपति भवन हुनेछ, र अर्को छेउमा सर्वोच्च अदालत हुनेछ। संसद् भवन प्रधानमन्त्री निवासको छेउमा हुनेछ ।

सरकारी दस्तावेजअनुसार १५ एकडमा फैलिएको उक्त कम्प्लेक्समा १० चार तले भवन हुनेछन् । यो कम्प्लेक्स राष्ट्रपति भवन र साउथ ब्लकको बीचमा हुनेछ, जहाँ प्रधानमन्त्री र रक्षा मन्त्रालयको कार्यालय रहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १३ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १३ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १३ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved