Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दुधको मूल्यवृद्धि गर्नुपर्ने देवचुलीका भैंसी पालक कृषकको माग

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

एलिना केसी

देवचुली,

वर्तमान अवस्थामा अन्तराष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिको कारण अन्य क्षेत्रसँगै पशुपालन गर्ने व्यवसायीहरुलाई पनि समस्या परेको भन्दै दुधको मुल्यवृद्धि गर्नुपर्ने अवस्था आएको देवचुली भैंसी पालन कृषक समूहले बताएका छन् । शनिबार देवचुली भैंसी पालन कृषक समूहले देवचुली उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै पशुपालन क्षेत्रमा आवश्यक पर्ने कच्चा पदार्थहरुको मुल्यवृद्धि भएपछि किसानहरु मर्कामा परेको भन्दै प्रेस विज्ञप्ती निकालेको छ । किसानलाई आवश्यक पर्ने कच्चा पदार्थहरुको मुल्यवृद्धि हुँदा कयौँ किसानहरुले व्यवसाय बन्द गर्न वाध्य भएको भन्दै तत्कालै दुधको मुल्य बृद्धि गर्ने बताएका छन् ।

देवचुली भैंसी पालन कृषक समूहका अध्यक्ष गोमादेवि दवाडीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा देवचुली पशुपालन सेवा शाखा प्रमुख सत्यनारायण गोइत, देवचुली वडा नं ७ का वडाध्यक्ष भूमिसरा आले, वडा नं ९ का वडाध्यक्ष बलिराम सापकोटा, वडा नं १२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेल र वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेलको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनमा देवचुली भैंसी पालन कृषक समूहका अध्यक्ष गोमादेवि दवाडीले अहिलेको परिस्थितीमा किसानहरुलाई बचाई राख्न र भैंसीको दुध निरन्तर उत्पादन गर्न दुधको मूल्य बृद्धि गर्नुपर्ने सिर्जना आएको जानकारी गराउनुभएको थियो । गत असार २५ गते देवचुली भैंसी पालन कृषक समूह बसेको बैठकले आगामी श्रावण १६ गतेबाट लागु हुने गरि भैंसीको दुधको खुद्रा मूल्य प्रतिलिटर रु १ सय २० कायम गर्ने दवाडीले बताउनुभएको छ ।

उक्त विषयलाई सम्बोधन गर्दै पत्रकार सम्मेलनमा उपस्थित विभिन्न वडाका जनप्रतिनिधिहरुले देवचुली भैंसी पालन कृषक समूहले कायम गरेको मूल्यलाई यथावत राख्दै तत्कालै नगरपालिकामा बैठक बसि किसानका समस्यालाई सम्बोधन गरि समस्याको समाधान गर्ने बताएका थिए ।
सम्मेलनमा देवचुली पशुपालन सेवा शाखा प्रमुख सत्यनारायण गोइतले पशुपालनमा आवश्यक पर्ने कच्चा पदार्थहरु पराल, भुसा, घाँस, दाना, चापट, ढुटो लगायतका वस्तुहरुमा सत प्रतिशतसम्म मुल्यवृद्धि भएकाले किसानले बढाएको मुल्य अझै पनि थोरै भएको बताउनुभएको थियो । साथै उहाँले अब भैंसी पालन कृषकहरुका लागि आवश्यक घाँसको विउ कठ्ठा अनुसार वितरण गर्ने समेत बताउनुभएको थियो ।

यसैगरि किसानहरुले स्थानीय तहले बाटोघाटोका लागि जतिपनि बजेट विनियोजन गर्ने तर आवश्यक अनुसार कृषि क्षेत्रमा बजेट विनियोजन नहुँदा किसान सधैँ मर्कामा पर्ने गरेको बताएका थिए । स्थानीय तहमा रहेका जनप्रतिनिधिहरुले पनि आफ्ना क्षेत्रमा भएका किसानहरुको अनुगमन गर्नुपर्ने बताएका हुन् ।
देवचुली भैंसी पालन कृषक समूहका उपाध्यक्ष रेनुका न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा समूहका कोषाध्यक्ष नारायण पाण्डेले सहजीकरण गर्नुभएको थियो । पत्रकारहरुले सोधेका पश्नको जवाफ दिँदै देवचुली भैंसी पालन कृषक समूहका अध्यक्ष गोमादेवि दवाडीले कार्यक्रमको समापन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ११ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ११ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ११ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved