Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘पानीफोटो’को ट्रेलरबाट उत्साहित मलिका भन्छिन्- अबको रोजाइ कन्टेन्टमा आधारित फिल्म

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । आफ्नो दोस्रो फिल्म ‘पानीफोटो’को ट्रेलरबाट मलिका महतले सुखद प्रतिक्रिया प्राप्त गरेकी छन् । तर उनको डेब्यु फिल्म ‘यात्रा’ले भने त्यो वर्ड अफ माउथ हासिल गर्न सकेन जुन उनलाई आवश्यक थियो ।

‘पानीफोटो’को ट्रेलर मंगलबार सार्वजनिक भयो र यसमा मलिका ग्रामीण युवतीको भूमिकामा चित्रित छन् । जुन उनको वास्तविक इमेजभन्दा निकै पृथक हो । झट्ट हेर्दा ‘मोडर्न’ हुलियाकी मलिका ‘पानीफोटो’को ट्रेलरमा विशुद्ध गाउँले चरित्रमा प्रस्तुत छिन् ।

 

उनको हाउभाउ र बोलीचालीमा पनि दुरुस्तै चरित्रको भाव आउँछ । उनको अभिनय दुई हस्ती अभिनेता अनुप बराल र खगेन्द्र लामिछानेको झैं सुन्दर लाग्छ ।

हुन त म्युजिक भिडियो मोडलिङबाट फिल्ममा डेब्यु गरेकी मलिकालाई यतिबेला भिडियोबाट आएकी कलाकारको संज्ञाले पछ्याइरहेको छ । तर उनी यसलाई स्वभाविक रुपमा लिन्छिन् । भन्छिन्, ‘धेरै भिडियोमा काम गर्दा पनि फिल्मको अभिनयमा पनि नेचुरल्ली त्यो आउँछ । त्यसमा त्यस्तो नराम्रो त लाग्दैन मलाई ।’ उनले शान्तपूर्वक यसरी आरोपहरुको खण्डन गरिन् ।

 

उनी अगाडि भन्छिन्, ‘मेरो आफ्नो कामको कुरा गर्दा मैले जज नै गर्न सक्दिनँ । जतिमा काम गरे त्यसमा दर्शकबाट आएको फिडब्याक हेर्दा मैले यतिसम्म गरे हुँला जस्तो लाग्छ ।’

 

‘पानीफोटो’मा अन्तिम क्षणमा जोडिएको बताउँदै मलिका दर्शकको प्रतिक्रिया थाहा पाउन आतुर छिन् । मलिकाले यो फिल्ममा अनुप बराल र मेनुका प्रधानकी सन्तानको भूमिका निर्वाह गरेकी छन् । फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्न निस्किएका दम्पतीको कथा पेश गर्छ ।

सोही अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मलिकाले आफूलाई विषयवस्तु (कन्टेन्ट) प्रधान फिल्ममा अभिनय गर्न रुचि लागेको बताइन् । ‘कलाकार भएपछि अभिनय त गर्नुपर्छ तर मेरो रोजाइमा कन्टेन्ट बेस्ड फिल्म रोजाइमा हुन्छन् ।’

‘पानीफोटो’ साउन १३ गते फिल्म रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ८ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ८ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ८ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved